logo

तारागाउँ रिजेन्सी होटलको पहिलो त्रैमासीक वित्तीय विवरण सार्वजनिक , ३ करोड ९० लाख रुपैयाँ नाफा

    1857   पटक पढिएको

५ पुस /अर्थ र व्यापार - तारागाउँ रिजेन्सी होटल (TRH) ले होटललाई सुविधा सम्पन्न बनाउन र नयाँ प्रविधिहरु जडान गर्नको लागि रिनोभेसन अन्र्तगत ब्यांक्वेट हल, मिटिङ्ग रुमको काममा जोड दिने जनाएको छ । यस्तै होटलले लबि लाउन्ज तथा रुमको डिजाइन, इभेन्ट एन्ड एक्जिबिसन सेन्टर बनाउने बिहीबार सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख गरेको छ । 

होटलले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार नाफामा व्यापक सुधार गरेको छ । गत वर्षको पहिलो त्रैमासमा बोनश र कर अघि एक करोड २९ हजार रुपैयाँ नाफा गरेको होटलले चालु आर्थिक वर्षको यहि अवधिमा ३ करोड ९० लाख रुपैयाँ नाफा कमाएको हो । 

कूल बिक्री गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ६ करोड ५५ लाख रुपैयाँले बढेर २६ करोड ३१ लाख रुपैयाँ पुगेको हो । कम्पनीले गत वर्षको यहि अवधिमा १९ करोड ७६ लाख रुपैयाँ मात्रै आम्दानी गरेको थियो । यस्तै कम्पनीले अन्य बिजनेशबाट १५ करोड ९६ लाख रुपैयाँ गरि ३ करोड ९० लाख रुपैयाँ आम्दानी हो ।  

होटलको शेयर पूँजी एक अर्ब ८८ करोड ६६ लाख र जगेडा कोषमा ४८ करोड २ लाख रुपैयाँ सञ्चित छ । कम्पनीको प्रतिशेयर आम्दानी २ रुपैयाँ ०७ पैसा, प्रतिशेयर नेटवर्थ १३१ रुपैयाँ ०१ पैसा र मूल्य आम्दानी अनुपात १२५.५० गुणा बढी छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।