logo

तामाकोशी पाँचौ र भेरी बबईको जनताको जलविद्युत् कार्यक्रम अन्र्तगत निर्माण सुरु गर्ने तयारी

    1370   पटक पढिएको

४ चैत्र /अर्थ र व्यापार - जनताको जलविद्युत् कार्यक्रमका लागि सरकारले दोस्रो चरणमा तामाकोशी पाँचौ र भेरी बबई डाइभर्सन आयोजनालाई राखेको छ । नेपाल विद्युत् प्राधिकरणले सहायक कम्पनी स्थापना गरी दोलखामा करिब १०० मेगावाट क्षमताको तामाकोशी पाँर्चौ आयोजना निर्माण सुरु गर्न लागेको छ ।

सो आयोजनामा जनताको लगानी कार्यक्रम मार्फत रकम जुटाउने सरकारको योजना रहेको छ । हाल निर्माणको क्रममा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको विद्युत् गृहबाट निस्केको पानीलाई नै प्रयोग गरेर १०० मेगावाट विद्युत् उत्पादन गर्ने गरी काम भइरहेको छ । यही चैत ७ गतेदेखि माथिल्लो त्रिशुली थ्री बी जलविद्युत् आयोजनाको अग्रिम सेयर बिक्री हुने भएको छ । सो आयोजनाको सेयर बिक्री लगत्तै तामाकोशी पाँचौंको सेयर बिक्री सुरु हुनेछ ।

यस्तै तेस्रो आयोजनाको रुपमा भेरीब बई डाइभर्सन आयोजनालाई राखिएको छ । सुरुङ निर्माण कार्य अन्तिम चरणमा पुगेको सो आयोजना निर्माणाक लागि छुट्टै कम्पनी स्थापना गर्ने अन्तिम तयारीमा पुगेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । आयोजनामा कर्णाली सरकारले समेत लगानी गर्ने भएको छ । संघीय सरकार, कर्णाली सरकार र नेपाली नागरिक र स्थानीय नागरिकले समेत आयोजनामा सेयर लगानी गर्नेछन् । कूल ४८ मेगावाट क्षमताको सो आयोजनालाई आर्कषक आयोजनाको रुपमा लिइन्छ ।

भेरी नदीको पानीलाई बबई नदीमा खसाएर विद्युत र सिँचाइ दुवै गर्ने लक्ष्य राखिएको छ । आवश्यक प्रक्रिया सुरु भइसकेको जानकारी दिँदै ऊर्जा मन्त्री बर्षमान पुनले केही समय भित्रै कम्पनी स्थापना हुने र आवश्यक काम समेत सुरु हुने जानकारी दिएका छन् । सरकारले जनताको जलविद्युत् कार्यक्रम मार्फत कूल १९ आयोजनाबाट ३ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ । ती आयोजनाबाट के कति मात्रामा सेयर दिने भन्ने बारेमा केही दिन भित्रै निर्णय गरिने मन्त्रालयको भनाइ छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।