logo

तामाकोशी पाँचौ र भेरी बबईको जनताको जलविद्युत् कार्यक्रम अन्र्तगत निर्माण सुरु गर्ने तयारी

    1632   पटक पढिएको

४ चैत्र /अर्थ र व्यापार - जनताको जलविद्युत् कार्यक्रमका लागि सरकारले दोस्रो चरणमा तामाकोशी पाँचौ र भेरी बबई डाइभर्सन आयोजनालाई राखेको छ । नेपाल विद्युत् प्राधिकरणले सहायक कम्पनी स्थापना गरी दोलखामा करिब १०० मेगावाट क्षमताको तामाकोशी पाँर्चौ आयोजना निर्माण सुरु गर्न लागेको छ ।

सो आयोजनामा जनताको लगानी कार्यक्रम मार्फत रकम जुटाउने सरकारको योजना रहेको छ । हाल निर्माणको क्रममा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको विद्युत् गृहबाट निस्केको पानीलाई नै प्रयोग गरेर १०० मेगावाट विद्युत् उत्पादन गर्ने गरी काम भइरहेको छ । यही चैत ७ गतेदेखि माथिल्लो त्रिशुली थ्री बी जलविद्युत् आयोजनाको अग्रिम सेयर बिक्री हुने भएको छ । सो आयोजनाको सेयर बिक्री लगत्तै तामाकोशी पाँचौंको सेयर बिक्री सुरु हुनेछ ।

यस्तै तेस्रो आयोजनाको रुपमा भेरीब बई डाइभर्सन आयोजनालाई राखिएको छ । सुरुङ निर्माण कार्य अन्तिम चरणमा पुगेको सो आयोजना निर्माणाक लागि छुट्टै कम्पनी स्थापना गर्ने अन्तिम तयारीमा पुगेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । आयोजनामा कर्णाली सरकारले समेत लगानी गर्ने भएको छ । संघीय सरकार, कर्णाली सरकार र नेपाली नागरिक र स्थानीय नागरिकले समेत आयोजनामा सेयर लगानी गर्नेछन् । कूल ४८ मेगावाट क्षमताको सो आयोजनालाई आर्कषक आयोजनाको रुपमा लिइन्छ ।

भेरी नदीको पानीलाई बबई नदीमा खसाएर विद्युत र सिँचाइ दुवै गर्ने लक्ष्य राखिएको छ । आवश्यक प्रक्रिया सुरु भइसकेको जानकारी दिँदै ऊर्जा मन्त्री बर्षमान पुनले केही समय भित्रै कम्पनी स्थापना हुने र आवश्यक काम समेत सुरु हुने जानकारी दिएका छन् । सरकारले जनताको जलविद्युत् कार्यक्रम मार्फत कूल १९ आयोजनाबाट ३ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ । ती आयोजनाबाट के कति मात्रामा सेयर दिने भन्ने बारेमा केही दिन भित्रै निर्णय गरिने मन्त्रालयको भनाइ छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।