logo

तल्लो हेवाखोला जलविद्युत आयोजनाको व्यावसायिक विद्युत उत्पादन मिति स¥यो

    1827   पटक पढिएको

४ असार / अर्थ र व्यापार - तल्लो हेवाखोला जलविद्युत आयोजनाको व्यावसायिक विद्युत उत्पादन मिति सरेको छ । २२.१ मेघावाट क्षमताको आयोजनाको यहि असार ६ गते सिओडी तय भएकोमा आयोजनाको सुरुङमार्गभन्दा बाहिरको पेनस्टक पाइपमा पानी चुहिएपछि व्यावसायिक उत्पादन मिति पर सरेको तल्लो हेवाखोला जलविद्युत आयोजनाको प्रवर्द्धक माउन्टेन हाइड्रोका अध्यक्ष सिताराम तिम्सिनाले जानकारी दिए ।

काबेली करिडोर प्रशारणलाइन निर्माणमा ढिलाई हुँदा आयोजनाको विद्युत खेर जाने भन्दै एक वर्ष अघिनै प्राधिकरणलाई दवाव दिएको हेवाखोलाले अब तोकिएको समयमा विद्युत उत्पादन नगरेवापत उल्टो प्राधिकरणलाईनै जरिवाना तिर्नुपर्ने भएको छ ।
प्राधिकरणले गत महिनानै तल्लो हेवाखोला जलविद्युत आयोजनासम्म काबेली करिडोर प्रशारण लाइन पुर्याईसकेको छ । प्राधिकरणले प्रशारणलाइन पुर्याउन नसकेको भए प्राधिकरणले आयोजनालाई जरिवाना तिर्नुपर्ने थियो । प्राधिकरणको टोलीले असार ९ गतेदेखि आयोजनाको सुख्खा परिक्षण (ड्राइटेस्ट) गर्ने तय भएको छ । तोकिएको समयमा विद्युत उत्पादन नगरे जरिवाना तिर्नुपर्ने व्यवस्था छ। प्राधिकरणले के कति जरिवाना गराउँछ वा गराउँदैन, त्यो भने व्यावसायिक उत्पादन सुरु भएपछि मात्र थाहा हुने तिम्सिनाले बताए ।

असार ९ गतेबाट १५ दिनसम्म आयोजनाको सुख्खा परिक्षण गरेपछि ढिलोमा पनि असारभित्र तल्लो हेवाबाट व्यावसायिक विद्युत उत्पादन सुरु हुने तिम्सिनाको दावी छ। तर एउटा आयोजनाको सुख्खा परिक्षण गर्न भने तीन महिनासम्म समय लाग्ने गरेको ऊर्जा क्षेत्रका जानकारहरु बताउँछन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।