logo

दोस्रो पटक स्तरोन्नती गरिँदै सुर्खेत विमानस्थल

    1981   पटक पढिएको

१७ मंसिर/अर्थ र व्यापार– २०२३ सालमा स्थापना भएको सुर्खेत विमानस्थलको दोस्रो पटक स्तरोन्नती हुने भएको छ ।

प्रदेश सरकार र संघीय सरकारबीच गत असोज १५ गते विमानस्थल विस्तार र स्तरोन्नतीका लागि भएको सम्झौता अनुसार विमानस्थलको स्तरोन्नती हुने भएको हो । 

सम्झौता अनुसार करिब तीन सय मिटर धावन मार्ग विस्तार गर्नका लागि करिब ३० बिघा जमिन अधिग्रहण गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले अनुमति पाएको छ । मुआब्जा वितरणका लागि प्रदेश र संघीय सरकारले ५०/५० प्रतिशत खर्चिने छन् भने आवश्यक बजेट दुवै सरकारले थप गर्ने सहमति भएको छ ।

सुरुवातमा १ हजार मिटर लम्बाई रहेको सुर्खेत विमानस्थलको ६ वर्षअघि २ सय ५५ मिटर विस्तार गरी १ हजार २ सय ५५ मिटर पु¥याइएको छ । अब दोस्रो पटक ३ सय मिटर धावन मार्ग विस्तारित भएपछि विमानस्थलको लम्वाई  १ हजार ३ सय ५५ मिटर पुग्नेछ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव घनश्याम उपाध्यायले विमानस्थलको उत्तर, दक्षिण, पूर्व, पश्चिम के कति जग्गा अधिग्रहण गर्नेकुरा प्राविधिक टोलीले विस्तृत अध्ययन गरेर टुंगो लगाउने बताए । 

प्रारम्भिक निष्कर्ष अनुसार धावन मार्गको उत्तरतर्फ विस्तारका लागि लम्बाइ चार सय ६० मिटर, दक्षिणतर्फ करिब दुई सय मिटर र चौडाईतर्फ एक सय ६० मिटर क्षेत्र गरी करिब ३० बिघा जग्गा अधिग्रहण गर्न सकिने बताएको छ ।

हाल एक हजार दुई सय ५५ मिटर रहेको धावन मार्ग अब १५ सय मिटरसम्म विस्तार भए ७२ सिटे ठूला जहाज उडान र अवतरण हुने छन् । सुर्खेत विमानस्थल साँघुरो भएकै कारण मुस्किलले ४८ सिटे जहाज बाहेक ठूला जहाज उडान र अवतरण गर्न सकिरहेका छैनन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।