logo

शिवम् सिमेन्टको नाफामा १३.०९ प्रतिशतले वृद्धि

    1406   पटक पढिएको

३० बैशाख /अर्थ र व्यापार- शिवम् सिमेन्टले एक अर्ब पाँच करोड रुपैयाँ नाफा आर्जन गरेको छ । कम्पनीले गत बर्षको भन्दा चालु आर्थिक बर्षको नौ महिनामा १३.०९ प्रतिशतले नाफा बढाएको हो । गत वर्ष कम्पनीले ९३ करोड ६६ लाख रुपैयाँ नाफा गरेको थियो । 

कम्पनीले चैत मसान्तसम्ममा ८ अर्ब ३७ करोड रुपैयाँको सिमेन्ट बिक्री गरेको छ । गत वर्ष ७ अर्ब १० करोड रुपैयाँको सिमेन्ट बेचेको थियो । बिक्री खर्च भने ५ अर्ब ३७ करोड रुपैयाँ रहेको छ । कम्पनीले आयोजना निर्माणका लागि चार अर्ब ३६ करोड रुपैयाँ खर्च गरेको थियो । सहायक कम्पनीहरुमा शिवमको लगानी तीन अर्ब ३६ करोड रुपैयाँ रहेको छ । कम्पनीले नेपालकै सबैभन्दा ठूलो सिमेन्ट उद्योग होङ्सीमा लगानी गरेको छ।  

कम्पनीले यसै वर्ष सर्वसाधारणको लागि थप प्रिमियम सहित शेयर निष्काशन गरेको थियो । हाल कम्पनीको चुक्ता पूँजी चार अर्ब ४० करोड रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा प्रिमियम बापत ९४ करोड दुई लाख रुपैयाँ जम्मा गरेको छ। त्यस्तै जगेडा कोषमा नाफाबाट तीन अर्ब ४५ करोड रुपैयाँ रकम जम्मा भएको छ । कम्पनीको प्रतिशेयर आम्दानी ३२ रुपैयाँ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।