logo

शिवम् सिमेन्टको नाफामा १३.०९ प्रतिशतले वृद्धि

    1125   पटक पढिएको

३० बैशाख /अर्थ र व्यापार- शिवम् सिमेन्टले एक अर्ब पाँच करोड रुपैयाँ नाफा आर्जन गरेको छ । कम्पनीले गत बर्षको भन्दा चालु आर्थिक बर्षको नौ महिनामा १३.०९ प्रतिशतले नाफा बढाएको हो । गत वर्ष कम्पनीले ९३ करोड ६६ लाख रुपैयाँ नाफा गरेको थियो । 

कम्पनीले चैत मसान्तसम्ममा ८ अर्ब ३७ करोड रुपैयाँको सिमेन्ट बिक्री गरेको छ । गत वर्ष ७ अर्ब १० करोड रुपैयाँको सिमेन्ट बेचेको थियो । बिक्री खर्च भने ५ अर्ब ३७ करोड रुपैयाँ रहेको छ । कम्पनीले आयोजना निर्माणका लागि चार अर्ब ३६ करोड रुपैयाँ खर्च गरेको थियो । सहायक कम्पनीहरुमा शिवमको लगानी तीन अर्ब ३६ करोड रुपैयाँ रहेको छ । कम्पनीले नेपालकै सबैभन्दा ठूलो सिमेन्ट उद्योग होङ्सीमा लगानी गरेको छ।  

कम्पनीले यसै वर्ष सर्वसाधारणको लागि थप प्रिमियम सहित शेयर निष्काशन गरेको थियो । हाल कम्पनीको चुक्ता पूँजी चार अर्ब ४० करोड रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा प्रिमियम बापत ९४ करोड दुई लाख रुपैयाँ जम्मा गरेको छ। त्यस्तै जगेडा कोषमा नाफाबाट तीन अर्ब ४५ करोड रुपैयाँ रकम जम्मा भएको छ । कम्पनीको प्रतिशेयर आम्दानी ३२ रुपैयाँ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।