logo

शिवम् सिमेन्टद्वारा वार्षिक साधारणसभाको लागि चैत २६ गते बुकक्लोज गर्ने निर्णय

    1185   पटक पढिएको

२० चैत्र /अर्थ र व्यापार  - शिवम् सिमेन्टले शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने मिति तोकेको छ । कम्पनी सञ्चालक समितिको बैठकले आगामी बैशाख ९ गते आह्वान गरेको तेस्रो वार्षिक साधारणसभा र लाभांश वितरण प्रयोजनका लागि चैत २६ गते एकदिन बुकक्लोज गर्ने निर्णय गरेको हो ।

यसअनुसार चैत २५ गते सोमबारसम्म नेपाल स्टक एक्सचेञ्जमा शेयर कारोबार भई बैशाख २ गतेसम्म कायम रहेको शेयरधनीले साधारण सभामा सहभागिता जनाउन पाउनेछन् । साथै सो समयसम्म कायम शेयरधनीले आर्थिक वर्ष २०७४र७५ को मुनाफाबाट वितरण गर्न प्रस्ताव गरेको चुक्ता पूँजीको १५.७८९५ प्रतिशत नगद लाभांश प्राप्त गर्नेछन् ।

चैत १३ गते बसेको सञ्चालक समितिको ५६ औं बैठकले राष्ट्रिय सभा गृह प्रदर्शनीमार्गमा बिहान ११ बजे तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको हो । सभाले सञ्चालक समितिको बैठकले प्रस्ताव गरे बमोजिम ४ अर्ब ४० करोड चुक्ता पूँजीको १५.७८९५ प्रतिशत (कर सहित ६९ करोड ४७ लाख ३८ हजार रुपैयाँ) नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ ।

शिवम् सिमेन्ट्सले फागुन ६ देखि १४ गतेसम्म सर्वसाधारणमा प्रिमियम सहित प्रतिकित्ता ३०० र स्थानीयबासिका लागि प्रिमियम सहित प्रतिकित्ता २०० रुपैयाँका दरले कूल ५२ लाख ८० हजार कित्ता शेयर निष्काशन गरेको थियो ।

 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।