logo

शिवम् सिमेन्टद्वारा बैशाख ९ गते बार्षिक साधारण सभा आह्वान

    1587   पटक पढिएको

१७ चैत्र/ अर्थ र व्यापार  - शिवम् सिमेन्टद्वारा बैशाख ९ गते गत आर्थिक वर्ष २०७४र७५ को साधारण सभा आह्वान गरेको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट वितरण गर्न प्रस्ताव गरेको चुक्ता पूँजीको १५.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्न सभा बोलाएको हो । चैत १३ गते बसेको सञ्चालक समितिको ५६ औं बैठकले राष्ट्रिय सभा गृह प्रदर्शनीमार्गमा बिहान ११ बजे तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको हो । सभाले सञ्चालक समितिको बैठकले प्रस्ताव गरे बमोजिम ४ अर्ब ४० करोड चुक्ता पूँजीको १५.७८९५ प्रतिशत (कर सहित ६९ करोड ४७ लाख ३८ हजार रुपैयाँ) नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ । 

यसैगरि उद्योगको क्षमता अभिवृद्धि गर्ने, उत्पादन विविधिकरण, चुनढुङ्गा तथा खानी तथा खनिज पदार्थको अनुमतिपत्रमा हक कायम गर्ने, थप क्षेत्रमा अन्वेषण गर्ने, जग्गा खरिद तथा वन कार्यालयलको नाममा सट्टा जग्गा उपलब्ध गराउनुपर्ने जग्गाको हक हस्तान्तरण गर्न सञ्चालकलाइ समतिलाई पूर्ण अख्तियारी दिने रहेको छ । यस्तै समान उदेश्य भएका अन्य कम्पनी प्राप्ती गर्ने वा अन्य कम्पनीहरुको शेयर खरिद गरि उद्योग स्थापनाको कार्य गर्न तथा शेयरधनीको हितलाई ध्यानमा अन्य कुनै परियोजनामा लगानी गर्ने सम्बन्धि सम्पुर्ण काम गर्नसक्ने गरि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने रहेको छ । यसका लागि बैंक तथा वित्तीय संस्थाहरुबाट थप कर्जा लिनु परेको खण्डमा आवश्यकता अनुसार निर्णय गर्ने र सर्वसाधारण शेयरधनीको तर्फबाट एक जना सञ्चालक चार वर्षे कार्यकालका लागि निर्वाचन गर्ने लगायतका रहेका छन् ।

शिवम् सिमेन्ट्सले फागुन ६ देखि १४ गतेसम्म सर्वसाधारणमा प्रिमियम सहित प्रतिकित्ता ३०० र स्थानीयबासिका लागि प्रिमियम सहित प्रतिकित्ता २०० रुपैयाँका दरले कूल ५२ लाख ८० हजार कित्ता शेयर निष्काशन गरेको थियो । चैत ५ गते नेप्सेमा सूचीकृत भएको कम्पनीको शेयर चैत ७ गते बिहीबार नेप्सेको अनलाइन प्रणालीमा शिवमको स्पेसल प्रि ओपन सेसन मा म्याचिङ्ग हुन नसक्दा चैत १० गते आइतबार देखि मात्रै कारोबार भएको थियो । चैत १४ गते बिहीबार दोस्रो बजारमा कम्पनीको शेयरमूल्य प्रचिकित ३३३ रुपैयाँमा कारोबार भएको छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।