logo

प्राथमिक शेयर निष्काशन गर्न शिवश्री हाइड्रोपावर कम्पनीलाई नेपाल धितोपत्र बोर्डको अनुमति

    1379   पटक पढिएको

१३ पुस/ अर्थ र व्यापार - शिवश्री हाइड्रोपावर कम्पनीले प्रभावित क्षेत्रका लागि प्राथमिक शेयर निष्काशन गर्ने अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई प्रभावित क्षेत्रका लागि १४ लाख ७६ हजार ४ सय  कित्ता प्राथमिक शेयर निष्काशन गर्ने अनुमति दिएको हो ।
कम्पनीले ३६ लाख ९१ हजार कित्ता प्राथमिक शेयर निष्काशन गर्ने योजना बनाएको छ । प्रभावित क्षेत्रका लागि निष्काशन गरेपछि २२ लाख १४ हजार कित्ता ६०० कित्ता प्राथमिक शेयर सर्वसाधारणको लागि निष्काशन गर्ने छ । आइपिओ निष्काशनका लागि गरेको क्रेडिट रेटिङ अनुसार ’इक्रा एनपी आइपिओ ग्रेड ४’ प्राप्त गरेको छ ।

इक्रा नेपालका अनुसार यो रेटिङले कम्पनीको वित्तीय विवरण औषत किसिमको रहेको हुँदा औषत जोखिमको संकेत गर्छ । कम्पनीले सिन्धुपाल्चोक जिल्लामा २२.२ मेगावाट क्षमताको अपर चाकु जलविद्युत आयोजना निर्माण गरेको छ । आयोजना निर्माणको लागि सुरुवातमा तीन अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएकोमा भूकम्प र जुरेपहिरोको कारणले आयोजना निर्माण कार्य ढिला हुँदा ४ अर्ब तीन करोड रुपैयाँ पुगेको छ । प्रतिमेगावाट लागत १३ करोड ६० लाख रुपैयाँबाट बढेर १८ करोड २० लाख रुपैयाँ पुगेको छ ।

कम्पनीले आयोजना निर्माणको लागि ऋणबाट ६४ प्रतिशत र शेयर पूँजीबाट ३६ प्रतिशत संकलन गर्नेछ । धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटललाई नियुक्त गरेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।