logo

शिव श्री हाइड्रोपावर कम्पनीको साधारण शेयर सर्बसाधरणका लागि आज देखि  बिक्रीमा

    2127   पटक पढिएको

२७ पुस /अर्थ र व्यापार  - शिव श्री हाइड्रोपावर कम्पनीले आज (पुस २७ गते) देखि आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि साधारण शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले पहिलो चरणमा सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि एक सय रुपैयाँ अंकित दरमा १४ करोड ७६ लाख ४० हजार रुपैयाँ बराबरको १४ लाख ७६ हजार ४०० कित्ता साधारण शेयर (आईपिओ) बिक्रीमा ल्याएको हो ।

हाल कम्पनीले पहिलो चरणमा जारी पूँजी एक अर्ब ४७ करोड ६४ लाख रुपैयाँको १० प्रतिशत शेयर निष्काशन गरेको हो । स्थानीयका आईपिओ जारीपछि कम्पनीको चुक्ता पूँजी एक अर्ब २५ करोड ४९ लाख ४०० रुपैयाँ पुग्नेछ । सिन्धुपाल्चोक जिल्लामा २२.२ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको शिव श्री ले आयोजना प्रभावित स्थानीय बासिन्दालाई आईपिओ बिक्री गर्न गत पुस १० गते धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावित स्थानीयले यस आईपिओमा न्यूनतम ५० कित्ता अर्थात पाँच हजार रुपैयाँदेखि अधिकतम ७ हजार ३८० कित्ता अर्थात ७ लाख ३८ हजार रुपैयाँसम्मको आवेदन गर्न पाउने व्यवस्था गरिएको छ ।
आवेदन गर्दा ५० हजार भन्दा माथिको आवेदन दिनेले चेक मार्फत र दश लाख रुपैयाँमाथि आवेदन गर्ने आवेदनले खनिवार्य प्यान नम्बर उललेख गर्नुपर्नेछ ।

आईपिओमा सिन्धुपाल्चोकको भोटेकोशीगाउँपालिका (साविकको फुल्पिङकट्टी र मार्मिङ गाविस), बाह्रविसे नगरिपालिका (साविकको गाति, मानेश्वरी र राम्चे गाविस), त्रिपुरा गाउँपालिका (धस्कुन र टेकानपुर गाविस) र सुनाकोशी गाउँपालिका (साविकको पाङग्रेटार गाविस) का बासिन्दाले मात्र आवेदन गर्न पाउनेछन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा यस अघि नै सिद्धार्थ क्यापिटललाई नियुक्त भैसकेको छ । हाइड्रोपावर कम्पनी जारी गर्ने शेयरका लागि स्थानीयले शिव श्री हाइड्रोपावरको भोटेकोशी गाँउपाललिका कार्यालय तथा हिमालयन बैंक, एनआईसी एशिया बैंक, सिभिल बैंक, नेपाल बंगालदेश बैंक, र सिन्धु विकास बैंकको बाह्रबिसे शाखा कार्यालयबाट आईपिओमा आवेदन गर्न सक्नेछन् । त्यसैगरि सिन्धु विकास बैंकको खाडीचौर शाखामा पनि आईपिओ आवेदन गर्ने सुविधा दिइएको छ । आईपिओमा माघ ११ गतेसम्म आवेदन गर्न सकिनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।