logo

रसुवागढी र साञ्जेन जलविद्युत आयोजनामा आवदेन दिनेजति सबैले शेयर पाउने

    1621   पटक पढिएको

१३ बैशाख /अर्थ र व्यापार - रसुवागढी हाइड्रोपावर कम्पनी र सान्जेन जलविद्युत आयोजनामा आवदेन दिनेजति सबैले शेयर पाउने भएका छन् । रसुवागढी हाइड्रोपावरमा न्युनतम ३० कित्ता र अधिकतम ४० कित्ता शेयर पाउने छन् । सान्जेन जलविद्युतको आइपिओ न्युनतम १० कित्ता र अधिकतम २० कित्तासम्म पाउने भएका छन् । 

रसुवागढीको प्राथमिक शेयरमा तीन लाख दुई हजार ५८१ जनाले एक करोड ७१ लाख कित्ताको लागि आवेदन दिएका छन् । कम्पनीले सर्वसाधारणको लागि ९३ लाख ३९ हजार ४६७ कित्ता शेयर निष्काशन गरेको थियो । आवेदन दिने जति सबैले ३० कित्ता पाए पछि बाँकी दुई लाख ६२ हजार कित्ता शेयर बाँकी रहन्छ। बाँकी रहेको उक्त २६ हजार २०३ जनाले थप १० कित्ता लक्की ड्र मार्फत प्राप्त गर्ने छन् । सान्जेन जलविद्युतको प्राथमिक शेयरमा तीन लाख ५२० जनाले एक करोड ३१ लाख कित्ताको लागि आवेदन परेको छ । कम्पनीले सर्वसाधारणको लागि ४९ लाख ८२ हजार २५० कित्ताको शेयर निष्काशन गरेको थियो ।

आवदेन दिने जति सबैले १० कित्ता अनिवार्य पाउने छन् । आवेदन दिने जति सबैलाई १० कित्ता शेयर बाँडफाँड गरे पछि बाँकी रहेको १९ लाख ७७ हजार कित्ताको लागि एक लाख ९७ हजार जनाले थप १० कित्ता शेयर पाउन सक्ने छन् । कम्पनीले न्युनतम १० कित्ताको लागि आवदेन दिने व्यवस्था गरेको हुँदा थप १० कित्ता शेयर पाउनेको संख्या बढ्न सक्नेछ । कम्पनीले यस अगाडि कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता, ऋणदाता संस्थाका कर्मचारीरुको लागि शेयर बिक्री गरिसकेको छ ।

यस अगाडि शेयर खरिद गरिसकेकाले सर्वसाधारण तर्फको शेयर पाउदैनन्। दोहोर्याएर आवदेन दिएका शेयरधनीहरुलाई हटाउदा थप १० कित्ता शेयर पाउने सम्भावना बढ्नेछ।  मेरो शेयरम समस्या देखिएको भन्दै केही व्यक्तिले नेपाल धितोपत्र बोर्डमा गएर गुनासो गरेपछि बोर्डले थप दुई दिनका लागि सयम थप गरेको थियो। दुबै आयोजनाले दुई दिन समय थप गर्दा आवदेन दिनेको संख्या ३६ हजारले थप भएका छन्। 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।