logo

रसुवागढी र साञ्जेन जलविद्युत आयोजनामा आवदेन दिनेजति सबैले शेयर पाउने

    1962   पटक पढिएको

१३ बैशाख /अर्थ र व्यापार - रसुवागढी हाइड्रोपावर कम्पनी र सान्जेन जलविद्युत आयोजनामा आवदेन दिनेजति सबैले शेयर पाउने भएका छन् । रसुवागढी हाइड्रोपावरमा न्युनतम ३० कित्ता र अधिकतम ४० कित्ता शेयर पाउने छन् । सान्जेन जलविद्युतको आइपिओ न्युनतम १० कित्ता र अधिकतम २० कित्तासम्म पाउने भएका छन् । 

रसुवागढीको प्राथमिक शेयरमा तीन लाख दुई हजार ५८१ जनाले एक करोड ७१ लाख कित्ताको लागि आवेदन दिएका छन् । कम्पनीले सर्वसाधारणको लागि ९३ लाख ३९ हजार ४६७ कित्ता शेयर निष्काशन गरेको थियो । आवेदन दिने जति सबैले ३० कित्ता पाए पछि बाँकी दुई लाख ६२ हजार कित्ता शेयर बाँकी रहन्छ। बाँकी रहेको उक्त २६ हजार २०३ जनाले थप १० कित्ता लक्की ड्र मार्फत प्राप्त गर्ने छन् । सान्जेन जलविद्युतको प्राथमिक शेयरमा तीन लाख ५२० जनाले एक करोड ३१ लाख कित्ताको लागि आवेदन परेको छ । कम्पनीले सर्वसाधारणको लागि ४९ लाख ८२ हजार २५० कित्ताको शेयर निष्काशन गरेको थियो ।

आवदेन दिने जति सबैले १० कित्ता अनिवार्य पाउने छन् । आवेदन दिने जति सबैलाई १० कित्ता शेयर बाँडफाँड गरे पछि बाँकी रहेको १९ लाख ७७ हजार कित्ताको लागि एक लाख ९७ हजार जनाले थप १० कित्ता शेयर पाउन सक्ने छन् । कम्पनीले न्युनतम १० कित्ताको लागि आवदेन दिने व्यवस्था गरेको हुँदा थप १० कित्ता शेयर पाउनेको संख्या बढ्न सक्नेछ । कम्पनीले यस अगाडि कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता, ऋणदाता संस्थाका कर्मचारीरुको लागि शेयर बिक्री गरिसकेको छ ।

यस अगाडि शेयर खरिद गरिसकेकाले सर्वसाधारण तर्फको शेयर पाउदैनन्। दोहोर्याएर आवदेन दिएका शेयरधनीहरुलाई हटाउदा थप १० कित्ता शेयर पाउने सम्भावना बढ्नेछ।  मेरो शेयरम समस्या देखिएको भन्दै केही व्यक्तिले नेपाल धितोपत्र बोर्डमा गएर गुनासो गरेपछि बोर्डले थप दुई दिनका लागि सयम थप गरेको थियो। दुबै आयोजनाले दुई दिन समय थप गर्दा आवदेन दिनेको संख्या ३६ हजारले थप भएका छन्। 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।