logo

सौर्य एयरलाइन्सले साताभित्रै दुई जहाजमार्फत पाँच गन्तव्यमा उडान गर्ने

    1774   पटक पढिएको


२४ मंसिर/अर्थ र व्यापार– सौर्य एयरलाइन्सले अबको एक साताभित्र दुई जहाजमार्फत विभिन्न पाँच गन्तव्यमा नियमित उडान गर्ने भएको छ ।

एउटा जहाजको इन्जिनमा समस्या आएर ग्राउण्डेड भएपछि सौर्य एयरलाइन्सले हाल एउटा सीआरजे जहाजमार्फत नियमित उडान गर्दै आएको छ ।

सौर्यका बजार प्रमुख मुकेश खनालले इन्जिनमा समस्या आएर ग्राउण्डेड रहेको नाइन एन-एएलइ कलसाइनको सीआरजे इन्जिन आइपुगिसकेको भन्दै जहाज तयार भए लगत्तै दैनिक पाँच गन्तब्यमा उडान गर्ने बताए ।

सौर्यले करिब चार महिनाअघि ल्याएको ५० सिट क्षमताको एउटै सीआरजे-२०० मार्फत भैरहवा, विराटनगर र भद्रपुर लगायत तीन गन्तव्यमा उडान गर्दै आएको छ ।

बजार प्रमुख खनालले ग्राउण्डेड जहाज मर्मत गरेलगत्तै कम्पनीले नेपालगञ्ज र धनगढी लगायत थप दुईवटा गन्तव्यमा उडान गर्ने कम्पनीको योजना छ ।

कम्पनीले ग्राउण्डेड जहाजको मर्मतमा २२ करोड रुपैयाँ खर्च गरेको खनालले जानकारी दिए । 


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।