logo

मागभन्दा  बढि आवदेन परेसँगै सान्जेन र रसुवागढि हाइड्रोपावरको पहिलो चरणमै निष्काशन बन्द गरिने

    1236   पटक पढिएको

१० बैशाख /अर्थ र व्यापार - सान्जेन जलविद्युत कम्पनी र रसुवागढी हाइड्रोपावरको प्राथमिक शेयरमा मागभन्दा  बढि आवदेन परेसँगै पहिलो चरणमै निष्काशन बन्द गर्ने भएका छन् । दुबै कम्पनीले आज एक दिनका लागि मात्रै प्राथमिक शेयरको निष्काशन तथा बिक्री खुला गर्ने भएका छन् ।  तीन दिनको अवधिमा सान्जेन जलविद्युत कम्पनीको आइपिओमा एक लाख ५८ हजार आवेदकले ८० लाख ८५ हजार कित्ता शेयर माग गरेका छन् । मागभन्दा १.६२ गुणा आवेदन परेसँगै बिक्री बन्द गर्ने भएको हो । रसुवागढी ९९ लाख कित्ताको लागि आवेदन परेको छ। कम्पनीले ९३ लाख कित्ता शेयर खुला गरेको थियो ।

कम्पनीले सर्वसाधारणको लागि ५४ लाख ७५ हजार कित्ता निष्काशन गरेकोमा ५ प्रतिशत सामुहिक लगानी कोषका लागि दुई लाख ७३ हजार ७५० कित्ता छुट्याएको छ ।  ४ प्रतिशत अर्थात दुई लाख १९ हजार कित्ता प्राथमिक शेयर कर्मचारीहरुको लागि र बाँकी ४९ लाख ८२ हजार २५० कित्ता सर्वसाधारणको लागि निष्काशन गरेको हो । 

रसुवागढी हाइड्रोपावरले निष्काशन गरेको प्राथमिक शेयरमा एक लाख ५८ हजार भन्दा धेरै आवदेकले ९९ लाख कित्ताको लागि आवेदन दिएका छन् । रसुवागडी हाइड्रोपावर कम्पनीले सर्वसाधारणको लागि एक करोड दुई लाख ६३ हजार १५० कित्ता मध्ये ४ लाख १० हजार कित्ता कर्मचारीहरुका लागि, ५ लाख १३ हजार कित्ता सामुहिक लगानीकोषका लागि र बाँकी ९३ लाख २९ हजार कित्ता सर्वसाधारणको लागि बिक्री खुला गरेको हो । दुबै आयोजनाले निष्काशन गरेको प्राथमिक शेयरका लागि न्युनतम १० कित्ताको लागि आवदेन दिन पाइनेछ। 

सान्जेन जलविद्युत कम्पनीको साधारण लगानी फिर्ता अवधि ७ वर्षको रहेको छ। आयोजनाको जम्मा लागत ८ अर्ब ६५ करोड रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागि १५ करोड ९ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । रसुवागढी हाइड्रोपावरको साधारण लगानी फिर्ता अवधि ८.१२ वर्ष रहेको छ । आयोजनाको प्रतिमेगावाट लागत १५ करोड १२ लाख रुपैयाँ लाग्ने कम्पनीले जनाएको छ । दुबै आयोजनाले गरेको क्रेडिट रेटिङ अनुसार औषत भन्दा कम आधारहरु जनाउने ’इक्रा एनपिआइपिओ ग्रेड चार’ प्राप्त गरेको छ । 

रसुवागढी हाइड्रोपावरले १११ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ भने सान्जेनले जलविद्युत कम्पनीले १४.८ मेगावाट क्षमताको सान्जेन माथिल्लो र ४२.५ मेगावाट क्षमताको सान्जेन लविद्युत आयोजना निर्माण गरिरहेको छ । दुबै आयोजनाले यस अगाडि आयोजना निर्माणको ऋणदाता संस्था कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता, ऋणदाता कम्पनीका कर्मचारीहरुको लागि शेयर निष्काशन गरेको थियो । प्रभावित क्षेत्रका बासिन्दाको लागि भने सर्वसाधारण तर्फ बिक्री भएपछि निष्काशन गर्नेछ । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।