logo

सानिमा इन्स्योरेन्स लाइफको एकै दिन ३ शाखा

    2246   पटक पढिएको


१२ चैत्र / अर्थ र व्यापार - सानिमा लाइफ इन्स्योरेन्सले एकै दिन ३ शाखा खोलेको छ । कम्पनीले आफ्नो व्यावसायिक लक्ष्य प्राप्तिका लागि देशभरि शाखा सञ्जाल विस्तार गर्ने र जीवन बिमा सेवा उपभोग गर्न नपाएका नेपालीहरूलाई जीवन बिमाको दायरामा ल्याई अत्याधुनिक स्तरको प्रविधियुक्त जीवन बिमा सेवा प्रदान गर्ने उद्देश्यले शाखा खोलिएको जनाएको छ । 
कम्पनीका सञ्चालक घनश्याम थापा, बद्री विशाल घिमिरे, नायव महाप्रवन्धक केशवराज केसीलगायतको उपस्थितिमा काठमाडौंको सोल्टीमोड, भक्तपुरको सल्लाघारी र काभ्रेपलान्चोकको बनेपामा विधिवत रूपमा तीनवटा शाखा कार्यालय खुलेको हो । 
सानिमा लाइफ इन्स्योरेन्स लिमिटेड कम्पनी ऐन २०६३ तथा बीमा ऐन २०४९ अन्तर्गत स्थापना भएको हो । सानिमा बैंक तथा राष्ट्रियरअन्तर्रा्ष्ट्रिय स्तरमा व्यावसायिक अनुभव हासिल गरेका प्रतिष्ठित गैरआवासीय नेपालीहरूको समूहद्वारा सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको प्रवद्र्धन गरिएको छ । 
कम्पनीको चुक्तापुँजी १ अर्ब ४० करोड छ भने जारी पुँजीको ३० अर्थात् ६० करोड निकट भविष्यमा सर्वसाधारण सेयर बिक्री गरी चुक्तापुँजी २ अर्ब कायम गरिने जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।