logo

साल्ट ट्रेडिङ्ग कर्पोरेशनको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    1320   पटक पढिएको

२३ फागुन/अर्थ र व्यापार - साल्ट ट्रेडिङ्ग कर्पोरेशनको शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको गत आर्थिक वर्षको चुक्ता पूँजीको ३५ प्रतिशत लाभांश सुरक्षित गर्ने फागुन २३ गते (आज) अन्तिम दिन रहेको छ । कम्पनीको शेयर अन्तिम पटक नेप्सेमा प्रतिकित्ता ५०१ रुपैयाँमा कारोबार भएको छ ।

कर्पोरेशनले लाभांश पारित गर्न चैत ११ गते बिहान ११ बजे ५२ औं वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा प्रयोजनको लागि कर्पोरेशनले फागुन २४ गते देखि चैत ११ गतेसम्म बुकक्लोज गर्ने निर्णय सञ्चालक समितिले गरेको छ । यस अुनसार फागुन २३ गते बिहीबारसम्म कायम शेयरधनीले लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

सञ्चालक समितिले आर्थिक वर्ष २०७४र७५ को खुद मुनाफाबाट शेयरधनीलाई चुक्ता पूँजीको २५ प्रतिशतले हुन आउने ३ करोड ७ लाख ८ हजार ३५० रुपैयाँको बोनस शेयर र १० प्रतिशतका दरले कर सहित १ करोड २२ लाख ८३ हजार ३४० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सभाले सो लाभांश अनुमोदन गर्नेछ ।

यस्तै सर्वसाधारण शेयरधनीहरुको तफबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने संचालक पदमा ७ जना निर्वचन गर्नेछ । काठमाडौंको कालिमाटीमा केन्द्रीय कार्यालय रहेको यस कम्पनीको चुक्ता पूँजी १२ करोड २७ लाख ९३ हजार ४०० रूपैयाँ रहेको छ । बोनस पश्चात कम्पनीको चुक्ता पूँजी १५ करोड ३४ लाख ९१ हजार ७५० रूपैयाँ पुग्नेछ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।