logo

सगरमाथा इन्स्योरेन्सद्वारा ८६ प्रतिशत बोनस शेयर दिने घोषणा

    1174   पटक पढिएको

२७ बैशाख /अर्थ र व्यापार - सगरमाथा इन्स्योरेन्स कम्पनीले ८६ प्रतिशत बोनस शेयर दिने घोषणा गरेको छ । कम्पनीले चुक्ता पूँजी बृद्धि गर्ने प्रयोजनका लागि दुई आर्थिक वर्षको नाफा तथा जगेडा कोषबाट ४६ करोड २९ लाख रुपैयाँ बोनस शेयर दिने भएको हो । कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७४र७५ को मुनाफा सहित उक्त बोनस शेयर दिने निर्णय गरेको हो । कम्पनीले बीमा समिति र नेपाल धितोपत्र बोर्डबाट स्वीकृति लिएर लाभांश घोषणा गरेको हो । 

कम्पनीको हालको चुक्ता पूँजी ५३ करोड ८२ लाख रुपैयाँ रहेको छ । बोनस शेयर दिएसँगै कम्पनीको चुक्त पूँजी १ अर्ब १२ लाख रुपैयाँ पुग्नेछ । बीमा समितिले पूँजी जुटाउने योजना माग गर्दा कम्पनीले बोनस शेयर दिएरै पुर्याउने योजना पेश गरेको थियो । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार जगेडा कोषमा ६१ करोड २८ लाख रुपैयाँ छ । कम्पनीले गत वर्षै बोनस शेयर दिने योजना बनाएको भएपनि बीमा समितिको लचकताका कारण गत आर्थिक वर्षको नाफासहित बोनस शेयर दिने भन्दै कुरेर बसेको थियो ।

कम्पनीले अहिलेसम्म पनि हकप्रद शेयर निष्काशन गरेको छैन । नगद लाभांशभन्दा बोनस शेयरलाई प्राथमिकता दिँदै आएको कम्पनीले हकप्रद विनानै नियामकीय पुँजी जुटाएको हो । निर्जीवन बीमा कम्पनीहरुमा राम्रो व्यवसाय गर्दै आएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।