logo

सगरमाथा इन्स्योरेन्सको ८५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित

    1524   पटक पढिएको

१९ असार / अर्थ र व्यापार - सगरमाथा इन्स्योरेन्स कम्पनीको आव २०७४÷७५ को २२ औँ  वार्षिक साधारणसभाले कम्पनीको हालको चुक्ता पुँजी ५३ करोड ८२ लाख ९१ हजार ९ सय रुपैयाँ रहेकोमा ८५ प्रतिशत बोनस सेयर वितरण गर्ने र उक्त बोनस सेयरमा लाग्ने लाभांश कर सेयरधनी स्वयंले बेहोर्नु पर्ने प्रस्ताव पारित गरेको छ । 

उक्त प्रस्ताव पारित भएपश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब १२ लाख २२ हजार रुपैयाँ पुगेको छ । साथै उक्त साधारणसभाले कम्पनीको नियमावलीमा संशोधन गरी सञ्चालक समितिको संख्या ७ जना कायम गरेको छ । उक्त साधारणसभाले कम्पनीको संस्थापक सेयरधनी समूह ‘क’ बाट प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण समूह ‘ग’बाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालक निर्वाचित गरेको छ । 

संस्थापक सेयरधनी समूह ‘क’ बाट रामकृष्ण मानन्धर, लोकमान्य गोल्छा र सिद्धार्थमणि राजभण्डारी निर्विरोध निर्वा्चित भए र सर्वसाधारण सेयरधनी समूह ‘ग’ बाट कीर्तिकुमार जोशी र गजेन्द्रलाल श्रेष्ठ निर्विरोध निर्वा्चित भए । कम्पनीमा वैदेशिक संयुक्त लगानी साझेदार सेलिन्को इन्स्योरेन्स पीएलसीबाट मनोनित १ जना र स्वतन्त्र सञ्चालक १ जनासहित जम्मा ७ जनाको सञ्चालक समिति रहनेछ । साँझै बसेको नवनिर्वाचित सञ्चालकहरुकोे बैठकबाट सञ्चालक समितिको अध्यक्षमा रामकृष्ण माननधर सर्वसम्मत रूपमा पुनः निर्वाचित भएका छन् ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।