logo

सगरमाथा र सिद्धार्थ इन्स्योरेन्सको असार १३ गते वार्षिक साधारणसभा आह्वान

    1230   पटक पढिएको

२३ जेठ / अर्थ र व्यापार - सगरमाथा इन्स्योरेन्स कम्पनी र सिद्धार्थ इन्स्योरेन्स कम्पनीले असार १३ गते वार्षिक साधारणसभा डाकेका छन् । दुबैले बोनस शेयरको प्रस्ताव सहित बीमा समितिले निर्देशन गरेको पूँजी जुटाउने भएका छन् । सगरमाथा इन्स्योरेन्स कम्पनीले २२औं वार्षिक साधारणसभाबाट ८६ प्रतिशत बोनस शेयर दिने विशेष प्रस्ताव पारित गर्ने भएको छ । कम्पनीले ४६ करोड २९ लाख रुपैयाँ बोनस शेयर दिएर चुक्ता पूँजी एक अर्ब एक करोड रुपैयाँ पुर्याउने भएको छ । 

बीमा समितिको निर्देशन बमोजिम कम्पनीले ७ जना सञ्चालक कामय गर्ने गरि नियमावली परिवर्तन गर्ने भएको छ । कम्पनीले संशोधनका लागि तयार पारेको नियमावली अनुसार संस्थापक समुहबाट तीन जना संञ्चालक निर्वा्चित हुने छन् । त्यस्तै बिदेशी लगानीकर्ताको समुहबाट एक जना, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट दुई जना र एक जना स्वतन्त्र संञ्चालक निर्वाचन गर्ने व्यवस्था गरेको हो । 

हाल कम्पनीको संञ्चालक समितिमा ९ जना संञ्चालक रहेका छन्। नियमावली परिवर्तनसँगै सर्वसाधारण समुहबाट एक जना, विदेशी लगानीकर्ताको समुहबाट एक जना र संस्थापक समुहको तर्फबाट एक जना प्रतिनिधि घट्ने छन् साथै एक जना स्वतन्त्र संञ्चालक थप हुनेछ । साधारणसभा प्रयोजनका लागि कम्पनीले असार एक गतेदेखि १३ गतेसम्म बुक क्लोज गर्ने भएको छ । जेठ ३० गतेसम्म शेयर खरिद गर्नेले बोनस शेयर प्राप्त गर्न सक्ने छन् । 

त्यस्तै सिद्धार्थ इन्स्योरेन्स कम्पनीले चुक्ता पूँजीको १५.४८ प्रतिशत बोनस शेयर दिएर बीमा समितिले निर्देशन गरेको पूँजी जुटाउने भएको छ । कम्पनीको हालको चुक्ता पूँजी ८६ करोड ५९ लाख रुपैयाँ रहेको छ । कम्पनीले संस्थापक समुह तर्फ एक र सर्वसाधारण समुह तर्फ एक जना रिक्त संञ्चालक पदमा बाँकी अवधिको लागि भएको सञ्चालकको नियुक्तिलाई अनुमोदन गर्ने भएको छ । साथै संस्थापक समुहको तर्फबाट प्रतिनिधित्व गर्ने तीन जनाको निर्वाचन गर्ने विशेष प्रस्ताव साधारणसभा लगिने भएको छ । साधारणसभा प्रयोजनका लागि कम्पनीले जेठ ३० गतेदेखि बुक क्लोज गर्ने भएको छ । जेठ २९ गतेसम्म कायम शेयरधनीहरुले बोनस शेयर पाउने छन् ।  

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।