logo

सान्जेन र रसुवागढी जलविद्युत आयोजनाको शेयर भोलि बाँडफाँड हुने

    1435   पटक पढिएको

१८ बैशाख /अर्थ र व्यापार - रसुवागढी हाइड्रोपावर कम्पनी र सान्जेन जलविद्युत आयोजनाले निष्कासन गरेको साधारण शेयर बिहीबार बाँडफाँड हुने भएको छ । बिहिबार दिउँसो तीन बजे ऊर्जा मन्त्रालयको सभाहलमा मन्त्री वर्षमान पुनले शेयर बाँडफाँड गर्ने बिक्री प्रबन्धक नागरिक लगानी कोषले जनाएको छ । दुवै आयोजनाले निष्कासन गरेको साधारण शेयरमा आवेदन दिने जति सबैले शेयर पाउने भएका छन् । रसुवागढी हाइड्रोपावरमा न्यूनतम १० कित्ता र अधिकतम ५० कित्ता शेयर पाउने छन् ।

रसुवागढीको शेयरमा लगानीकर्ताले १० कित्ताकै दरमा आवेदन दिएपछि आवेदनकर्ताले ५० कित्तासम्म शेयर पाउने भएका हुन् । करिब २५ हजार ६ सय आवेदकले थप १० कित्ताको दरले शेयर पाउने बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत ध्रुव तिमिल्सिनाले जानकारी दिए ।कम्पनीले सर्वसाधारणको लागि ९३ लाख ३९ हजार ४६७ कित्ता शेयर निष्कासन गरेको थियो ।

सान्जेन जलविद्युतको आइपिओ न्यूनतम १० कित्ता र अधिकतम ३० कित्तासम्म पाउने छन् । कम्पनीले सर्वसाधारणको लागि ४९ लाख ८२ हजार २५० कित्ताको शेयर निष्कासन गरेको थियो ।

 


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।