logo

रसुवागढी र साञ्जेन जलविद्युत आयोजनाले वैशाख ६ गतेदेखि प्राथमिक शेयर बिक्री गर्ने

    1792   पटक पढिएको

२६ चैत्र /अर्थ र व्यापार - रसुवागढी र सान्जेन जलविद्युत आयोजनाले आगामी वैशाख ६ गतेदेखि प्राथमिक शेयर( आइपिओ) बिक्री गर्ने भएका छन । ती आयोजनाले कूल १ अर्ब ५४ करोड मूल्य बराबरको सेयर बिक्री गर्न लागिएको हो ।

रसुवागढीले १ अर्ब २ करोड ६३ लाख १५ हजार बराबरको साधारण सेयर बिक्री गर्न लागेको हो । त्यसमा ४ लदाख १० हजार ५२६ कित्ता कम्पनीका कर्मचारी, ५ लाख १३ हजार १५७ कित्ता सामूहिक लगानी कोषका लागि छुट्टयाइएको छ । त्यस आधारमा सर्वसाधारणको लागि ९३ लाख ३९ हजार ४६७ कित्ता सेयर बिक्री गर्ने छ । यस्तै सान्जेनले ५४ करोड ७५ लाख रुपैयाँ बराबरको ५४ लाख ७५ हजार कित्ता साधारण सेयर बिक्री गर्नेछ ।

त्यसमा २ लाख ७३ हजार ७५० कित्ता शेयर सामुहिक लगानी कोष र २ लाख १९ हजार कित्ता कम्पनीका कर्मचारीलाई छुट्टयाई ४९ लाख ८२ हजार कित्ता प्राथमिक सेयर बिक्री गर्न लागिएको आज प्रकाशित सूचनामा उल्लेख छ । बिक्री बन्द छिटोमा आगामी वैशाख १० गतेसम्म र पहिलो चरणमा बिक्री नभएको खण्डमा जेठ ५ गतेसम्म हुने छ । सर्वसाधारण शेयरधनीले दुबै आयोजनामा न्यनतम ५० कित्ताको लागि आवेदन दिन सक्नेछन् । त्यस्तै रसुवागढी जलविद्युतको आइपिओमा अधिकतम ५००० कित्ता र सान्जेन जलविद्युतको आइपिओमा अधिकतम २००० कित्तासम्मको लागि आवेदन दिन पाइने व्यवस्था गरिएको छ ।

प्राथमिक शेयरमा आवदेन दिनका लागि नेपाल धितोपत्र बोर्डले आस्वा सुविधा प्रदान गरेका सम्पुर्ण बैंक तथा वित्तीय संस्था र मेरो शेयरमा खाता हुनेले अनलाइनमार्फत आवदेन दिन सक्ने व्यवस्था मिलाइएको आज प्रकाशित सूचनामा उल्लेख छ । आयोजनाको संस्थापक शेयरधनीमा चिलिमे जलविद्युत कम्पनी, नेपाल विद्युत प्राधिकरण लगायत रहेका छन् । संस्थापक तर्फको शेयर पूँजी ५१ प्रतिशत र सर्वसाधारण तर्फको शेयर पूँजी ४९ प्रतिशत रहेको छ । पछिल्लो पटक सरकारले ती आयोजनालाई समेत जनताको जलविद्युत्मा समावेश गरी प्रक्रिया अगाडि बढाएको छ ।

 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।