logo

रसुवागढी र साञ्जेन जलविद्युत कम्पनीको साधारण शेयर आजदेखि खुल्ला

    1887   पटक पढिएको

६ बैशाख /अर्थ र व्यापार - रसुवागढी हाइड्रोपावर र साञ्जेन जलविद्युत कम्पनीको साधारण शेयर (आईपिओ) मा बैशाख ६ गतेदेखि आवेदन खुला भएको छ । दुबै कम्पनीको शेयरमा लगानीकर्ताले एक हजार रुपैयाँदेखि नै आवेदन गर्न पाउने छन् । नेपाल धितोपत्र बोर्डको निर्देशन अनुसार दुबैको सार्वजनिक निष्काशनमा न्यूनतम १० कित्तादेखि आवेदन गर्न पाउने व्यवस्था कायम भएको हो । यसअघि प्रकाशित आह्वानपत्रमा भने दुबै कम्पनीले न्यूनतम ५० कित्ता आवेदन गर्नुपर्ने विवरणपत्र प्रकाशन गरेका थिए । 

पूँजी बजारको पहुँच फराकिलो बनाउन भन्दै बोर्डले चैत २७ गते निर्देशन जारी गरेर सबै सबै सार्वजनिक निष्काशनमा न्यूनतम १० कित्तादेखि आवेदन गर्न पाउने व्यवस्था लागू गर्न मर्चेन्ट बैंकरहरुलाई निर्देशन दिएको थियो । रसुवागढी हाइड्रोपावरले कर्मचारी र म्युचुअल फण्डलाई छुट्याइएर ९३ लाख ३९ हजार ४६७ कित्ता शेयर सर्वसाधारणलाई बिक्री खुला गरेको छ । यसैगरि साञ्जेन कर्मचारी र म्युचुअल फण्डलाई छुट्टाएर सर्वसाधारणमा ४९ लाख ८२ हजार २५० कित्ता शेयरमा आवेदन माग गरेको छ ।

दुबै कम्पनीको शेयरमा मेरोशेयर तथा लगानीकर्ताको बैंक खाता रहेको सि आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट आवेदन गर्न सकिन्छ । ‘जनताको जलविदुत कार्यक्रम’ मा समेटिएपनि दुबै आयोजनाहरुको भौतिक प्रगति ५० प्रतिशत बढी सम्पन्न भैसकेकाले लगानीकर्ताले प्रतिशेयर १०० रुपैयाँ दरले नै खरिद गर्नुपर्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।