logo

राष्ट्र बैंकले भन्यो कर्जा लगानीमा सावधानी अपनाऊ

    1630   पटक पढिएको

 


१० पुस / अर्थ र व्यापार - काठमाडौं । बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले कर्जा लगानीमा सावधानी अपनाउन भनेको छ ।  चालु आवको चौथो महिनाको देशको आर्थिक प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्र बैंकले यस्तो सुझाव दिएको हो । 
‘कर्जा प्रवाह र निक्षेप परिचालनबीच रहेको असन्तुलनमा सुधार ल्याउन बैंकहरुले कर्जा प्रवाहमा सावधानी अपनाउन आवश्यक छ,’ राष्ट्र बैंकले प्रतिवेदनमा उल्लेख गरेको छ । राष्ट्र बैंकका अनुसार चालु आवको चार महिनामा कर्जा प्रवाह १७.५ प्रतिशत र निक्षेपमा १४.९ प्रतिशतले वृद्धि भएको छ ।


राष्ट्र बैंकको प्रतिवेदन अनुसार बैंक तथा वित्तीय संस्थाले कुल २४ खर्ब ८६ अर्ब निक्षेप संकलन गरेका छन भने २१ खर्ब ७ अर्ब कर्जा लगानी गरेका छन् । राष्ट्र बैंकका अनुसार हाल बजारमा बैंक तथा वित्तीय संस्थामा ३३ अर्ब अधिक तरलता ञरहेको छ । यद्यपी आइतवार मात्रै एक वाणिज्य बैंकले ११.५ प्रतिशत व्याज दर दिने गरि निक्षेप आवहान गरेको छ ।

केही बैंक तथा वित्तीय संस्थाले निक्षेप तथा कर्जा लगानी सीमा (सीसीडी रेसियो) कटाएको समेत बैंकरहरु नै बताएका छन् । राष्ट्र बैंकले भने अहिले अवस्था नियन्त्रणमा नै रहेको बताएको छ । रेमिट्यान्स आउने क्रम घटेकोले बैंकिङ प्रणालीमा समेत थप पुँजी भित्रन सकेको थिएन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।