logo

राहुघाट जलविद्युत् आयोजनाद्वारा विद्युत् खरीदबिक्री सम्झौता

    1326   पटक पढिएको

१९ चैत्र /अर्थ र व्यापार  - राहुघाट जलविद्युत् आयोजनाको विद्युत् खरीदबिक्री सम्झौता (पिपिए) भएको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र आयोजनाको प्रवद्र्धक कम्पनी रघुगङ्गा हाइड्रो लिमिटेडका प्रबन्ध सञ्चालक श्रीरामराज पाण्डेबीच चैत १८ गते सोमबार काठमाडौँमा सम्झौता भएको हो ।

रघुगङ्गा हाइड्रो लिमिटेड प्राधिकरणको शत प्रतिशत लगानी रहेको सहायक कम्पनी हो । यो कम्पनी विसं २०७३ मा स्थापना भएको थियो । सुख्खायामको छ महीना पिक आवरमा प्रतियुनिट दश रुपैयाँ ५५ पैसा र सामान्य समयमा आठ रुपैयाँ ४० पैसामा विद्युत् खरीद बिक्री गर्ने सम्झौता भएको कम्पनीका सहायक निर्देशक गोपाल पाठकले जानकारी दिए । बर्खाको छ महीना प्रतियुनिट चार रुपैयाँ ५० पैसाका दरले प्राधिकरणले आयोजनाको विद्युत् खरीद गर्नेछ ।

प्रतिवर्ष तीन प्रतिशतका दरले ८ वर्षसम्म विद्युत्को मूल्यवृद्धि हुनेछ । भारतीय एक्जिम बैंकको ४४ मिलियन डलर सहुलियतपूर्ण ऋण, नेपाल सरकार र विद्युत् प्राधिकरणको लगानी रहने यस आयोजनाको कूल लागत निर्माण अवधिको ब्याजसहित रु आठ अर्ब ५९ करोड अनुमान गरिएको छ । अर्धजलाशययुक्त बाँध रहने यस आयोजनाले सन् २०२३ को जनवरी ३१ देखि वार्षिक २४ करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने जनाएको छ ।

सुख्खायाममा ४३.५ र बर्खायाममा ६५.९५ प्रतिशत विद्युत् उत्पादन हुनेछ । २०७४ मङ्सिर ५ गते भारतीय जयप्रकाश एसोशिएटसँग ठेक्का सम्झौता भएको राहुघाटको हालसम्म १२ प्रतिशत भौतिक प्रगति भएको छ । घुमाउनेतालदेखि झीँ र दग्नामको सिमानामा निर्माण हुने बाँधसम्म १० किलोमिटर सडकको ट्र्याक पुगिसकेको छ ।

सिभिल र हाइड्रो मेकानिकल ठेकेदार कम्पनीले तिल्केनी, बगैँचा, अधेरीखोला र लरेनी भन्ने ठाउँबाट चार वटा भागमा विभाजन गरेर करीब सात किलोमिटर सुरुङ खन्ने तयारी गरेको प्रबन्ध सञ्चालक पाण्डेले बताए । झीँ र दग्नामको सीमामा बाँध रहेको आयोजनाको विद्युतगृह पिप्लेको तिल्केनीचौरमा रहने जनाइएको छ ।

विद्युतगृहदेखि बाँध रहने ठाउँको उचाइ २९२ मिटर अग्लो छ । रघुगङ्गा लगायतका निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्नका लागि विद्युत् प्राधिकरणले खुर्कोट दाना प्रसारण लाइनका साथै राहुघाट र दानामा सबस्टेशन निर्माण गरिरहेको छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।