logo

रानीपोखरीको काम १५ दिन लागि स्थगित

    1397   पटक पढिएको


  १३ पुस / अर्थ र व्यापार - रानीपोखरी पुनर्निर्माणको काम १५ दिनका लागि स्थगित भएको छ । महानगरपालिका, पुरातत्व विभाग र सरोकारवालाबीच बिहिबार बिहान भएको बैठकमा पुनर्निर्माणको काम १५ दिन रोक्ने निर्णय भएको पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले जानकारी दिए । 

‘एउटा विज्ञ समिति पनि बनाएका छौं, सो समितिले १५ दिनमा आफ्नो प्रतिवेदन दिन्छ,’ दाहालले भने, ‘समितिको प्रतिवेदन नआउन्जेल पुनर्निर्माणको सबै काम रोक्ने निर्णय भएको छ ।’


पुरातत्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्की संयोजक रहेको विज्ञ टोलीमा भवन विभागका पूर्वमहानिर्देशक सूर्यभक्त साँगाक्षे, सम्पदाविद् प्राध्यापक डाक्टर सुदर्शनराज तिवारीलगायत ११ जना छन् । ृरक्षामन्त्री भीमसेनदास प्रधान, काठमाडौं महानगरका २७ र २८ वडाका अध्यक्ष र काठमाडौं महानगरको मेयरमा उम्मेदवार बनेकी रञ्जु दर्शनालाई टोलीको सल्लाहकार बनाउने पनि निर्णय भएको दाहालले जानकारी दिए ।

यसअघि बुधबार संस्कृति मन्त्रालयले रानीपोखरीको काम तत्काल रोक्न लगाउन पुरातत्व विभागलाई निर्देशन दिएको थियो । प्रताप मल्लको पालामा बनेको रानीपोखरी २०७२ वैशाख १२ को भूकम्पमा भत्किएको थियो । पुनर्निर्माण गर्दा महानगरले कंक्रिट प्रयोग गरी रानीपोखरीको पुरानो स्वरुप बिगार्न लागेको भन्दै आलोचना भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।