logo

बैंकहरुको मुनाफा २३ प्रतिशतले बढ्यो, २६ बैंकको अर्ब भन्दा बढी नाफा 

    1988   पटक पढिएको


३० साउन/अर्थ र व्यापार– सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकवाहेक सबै बैंकहरुले आफ्नो बार्षिक विवरण सार्वजनिक गरेका छन् । 

बैंकहरुले सार्वजनिक गरेको बार्षिक विवरण अनुसार सञ्चालनमा रहेका २८ मध्ये २७ बाणिज्य बैंकहरुले साढे २३ प्रतिशतले खुद नाफा बढाएका छन् । भने चार वटा बैंकको नाफा घटेको छ । नेपाल क्रेडिट एण्ड कमर्स (एनसिसी) बैंक, प्रभु बैंक, नेपाल बङ्गलादेश(एनबी) बैंक र माछपुच्छ्रे बैंकको नाफा घटेको हो ।

नाफा सार्बजनिक गर्ने २७ बैंकमध्ये २६ बैंकले एक अर्व भन्दा बढी खुद मुनाफा गरेका छन् । गत बर्ष २४ बैंकले मात्रै अर्ब भन्दा बढी नाफा कमाएकोमा यसपाली थप दुई वटा बैंकले पनि अर्ब भन्दा बढी नाफा कमाएका छन् ।  कुमारी र मेगा बैंकले अर्बमाथि नाफा आर्जन गरेका हुन् ।

गत आवमा बैंकहरुले निक्षेपको तुलनामा ऋण लगानी बढि गरेका थिए । साथै कर्जामा लिने र निक्षेपमा दिने ब्याज अन्तर (स्प्रेड) दर पनि बढाएका थिए । लगानी बिस्तार र फराकिलो स्प्रेडका कारण निक्षेप महँगिदा बैंकहरुले नाफा गर्न सकेका हुन ।
बैंकहरुले सार्बजनिक गरेको हिसावलाई राष्ट्र बैंकले स्वीकृत गरेमा यही नाफाका आधारमा लाभांस घोषणा हुने छ ।

रकमका हिसावले नबिल बैंकको नाफा सबैभन्दा बढी छ । बैंकले ४ अर्ब ५ करोड रुपैयाँ नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकले १२ प्रतिशतले नाफा बढाएको हो । रकमका आधारमा कृषि विकास बैंकले नबिलपछि धेरै नाफा आर्जन गरेको छ । बैंकले ३ अर्ब ६७ करोड रुपैयाँ नाफा गरेको छ । 

बृद्धि दरका आधारमा भने सिभिल बैंकले ८५ प्रतिशतभन्दा बढिले नाफा बढाएको छ। यसपछि सेञ्चुरी, जनता बैंक छन् ।
नेपाल इन्भेष्टमेन्ट बैंक तेस्रो स्थानमा छ । पहिलो र तेस्रो त्रैमाशमा पहिलो भएको नेपाल इन्भेष्टमेन्ट बैंक चौथो त्रैमाशमा भने पहिलो हुन सकेन । बैंकले १५ प्रतिशतले बढाउँदै ३ अर्ब ५७ करोड रुपैयाँ नाफा गरेको छ ।

प्रभु बैंकको नाफा साढे ३५ प्रतिशतले घटेको छ । बैंकले १ अर्ब १२ करोड रुपैयाँ मात्र नाफा गरेको छ । यसपछि एनसिसीको १९, एनबीको करिव ८ र माछापुच्छ्रेको ७ प्रतिशतले नाफा घटेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।