logo

प्रिमियर इन्स्योरेन्सद्वारा असार ३१ गते वार्षिक साधारणसभा आह्वान

    1540   पटक पढिएको

११ असार / अर्थ र व्यापार - प्रिमियर इन्स्योरेन्स कम्पनीले असार ३१ गते वार्षिक साधारणसभा आह्वान गरेको छ । चालु आर्थिक वर्षदेखि लागु गरिएको एनएफआरएस प्रणालीले गर्दा साधारणसभा ढिला भएको भएको हो ।

कम्पनीले साधारणसभामा हाल कायम चुक्ता पुँजीको ८४ प्रतिशत बोनस शेयर शेयर दिने प्रस्ताव गरेको छ । कम्पनीको हालको चुक्ता पुँजी ५४ करोड ४० लाख रुपैयाँ छ । बोनस शेयरपछि कम्पनीको पुँजी एक अर्ब ७ करोड रुपैयाँ पुग्नेछ । साधारणसभा प्रयोजनको लागि असार २० गतेदेखि बुक क्लोज गर्ने छ । असार १९ गतेसम्म कायम शेयरधनीहरुले घोषणा गरिएको बोनस शेयर पाउने छन् । बीमा समितिले मर्जर पोलसी ल्याएसँगै कम्पनीले साधारणसभामा उपयुक्त कम्पनीसँग गाभ्ने गाभिने वा प्राप्ती गर्ने सम्बन्धी सम्पूर्ण अधिकार संचालक समितिलाई दिने विशेष प्रस्ताव अगाडि सारेको छ ।

कम्पनीले हरेक वर्ष बोनस शेयर दिँदै आएको छ । चार वर्ष अगाडि ११५ प्रतिशत हकप्रद शेयर निष्कासन गरेर पुँजी बलियो बनाएको कम्पनीलाई बीमा समितिको पुँजी बृद्धि योजनापछि हकप्रद शेयर निष्कासन गर्नु परेन । एफपिओ निष्काशन गरेर जगेडा कोष बलियो बनाएको कम्पनीले गत आर्थिक वर्षको नाफा तथा जगेडाबाट बोनस शेयर दिन सफल भएको हो। नगद लाभांशभन्दा बोनस शेयर दिएर पुँजी थप्दै आएको कम्पनी निर्जीवन बीमा कम्पनीहरुमा राम्रो कम्पनीको रुपमा परिचित छ ।
 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।