logo

प्राइम लाइफ इन्स्योरेन्सद्वारा तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक

    1300   पटक पढिएको

१६ बैशाख /अर्थ र व्यापार - प्राइम लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आवको तेस्रो त्रैमासमा इन्स्योरेन्सले १६ करोड ३६ लाख ८१ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आवको भन्दा १४.४३ प्रतिशतले बढी हो । गत आवको सोहि अवधिमा १४ करोड ३१ लाख ५८ हजार रुपैयाँ नाफा रहेको छ ।

इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ७८ करोड ४८ लाख ३५ हजार रुपैयाँ रहेको छ । नियामक निकाय बीमा समितिले असार मसान्तसम्म दुई अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन निर्देशन दिएको छ । इन्स्योरेन्सको पुँजी उक्त निर्देशन बमोजित पु्ग्न सकेको छैन । इन्स्योरेन्सको जगेडा कोषमा १ अर्ब ११ करोड ९ लाख २७ हजार रुपैयाँ रहेको छ । यो अवधिमा इन्स्योरेन्सले ८ अर्ब १४ करोड ७६ लाख ३६ हजार रुपैयाँ जीवन बीमा कोष आर्जन गरेको छ भने महाविपत्ती जगेडा कोषमा १० करोड ८६ लाख २९ हजार रुपैयाँ छुट्टयाएको छ ।

यो अवधिमा इन्स्योरेन्सले १ अर्ब ८७ करोड ३ लाख ५६ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आवको सोहि अवधिमा १ अर्ब ४५ करोड ५१ लाख ४८ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । १२ रुपैयाँ २३ पैसा प्रति सेयर आम्दानी रहेको इन्स्योरेन्सको प्रति सेयर नेटवर्थ १६८ रुपैयाँ ३३ पैसा रहेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।