logo

प्रुडेन्सियल इन्स्योरेन्सद्वारा असार १० गते विशेष साधारणसभा आह्वान

    1409   पटक पढिएको

२७ जेठ / अर्थ र व्यापार - बीमा समितिले निर्देशन गरेको पुँजी जुटाउन प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले असार १० गते विशेष साधारणसभा डाकेको छ । कम्पनीले विशेष साधारणसभामा चुक्ता पुँजीको ६० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रास्ताव गर्ने भएको छ । 

बीमा समितिले पुँजी जुटाउन नसक्ने कम्पनीलाई मर्जरको बाटो खुला भएको बताए पनि बीमा कम्पनीहरुले भने हकप्रदको बाटो रोजेर पुँजी जुटाउने अन्तिम प्रयास गरिरहेका छन् । प्रुडेन्सियलको हालको चुक्ता पुँजी ६४ करोड १५ लाख रुपैयाँ छ ।

हकप्रद मार्फत ३८ करोड ४९ लाख रुपैयाँ जुटाएर चुक्ता पुँजी एक अर्ब दुई करोड पुर्याउने योजना बनाएको छ । साधारणसभा प्रयोजनका लागि कम्पनीले असार दुई गते बुक क्लोज गर्ने भएको छ । कम्पनीको पुँजी बृद्धि भए सँगै प्रवन्धपत्र तथा नियमावली पनि संशोधन गर्ने भएको छ ।

बीमा समितिले पुँजी बृद्धि गर्ने निर्देशन दिएसँगै कम्पनीले २० प्रतिशत बोनस शेयर, ३० प्रतिशत हकप्रद शेयर र २० प्रतिशत बोनस शेयर दिएको छ । कम्पनीले गत आर्थिक वर्षको वार्षिक साधारणसभा गरेको छैन । हरेक वर्ष लाभांश दिँदै आएको कम्पनीले गत वर्षको नाफाबाट पनि लाभांश दिन सक्ने अवस्थामा छ । तुलनात्मक रुपमा पुँजी कम हुँदा कम्पनीको प्रतिशेयर आम्दानी २६ रुपैयाँ छ । पुँजी बृद्धिसँगै व्यवसाय विस्तार गर्न कम्पनीलाई थप दवाव पर्नेछ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।