logo

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग

    2180   पटक पढिएको


२० पुस / अर्थ र व्यापार - काठमाडौँ। नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) निकटका युवा तथा विद्यार्थी संठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेका छन् ।

उनीहरुले आज नेपाल आयल निगमका निमित्त महाप्रबन्धक सुशील भट्टराईलाई ज्ञापनपत्र बुझाउँदै राजनीतिक संक्रमणको समयमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरिएकामा आपत्ति जनाएका हुन् । निगमले अन्तर्रा्ष्ट्रिय बजारमा मूल्यवृद्धि भएको भन्दै यही पुस १७ गतेदेखि इन्धनको मूल्य बढाएको थियो । आयोगका निमित्त महाप्रबन्धक भट्टराईले अन्तर्रा्ष्ट्रिय रुपमा नै मूल्यवृद्धि भएकाले निगमले बाध्य भएर मूल्यवृद्धि गर्नु परेको बताउनुभयो ।

तर युवा तथा विद्यार्थी संगठनले भने विगतमा घरायसी र व्यावसायिक प्रयोजनका लागि छुट्टाछुट्टै रुपमा ग्यासको सिलिण्डर बनाउने निर्णय भएको भन्दै सो सहमति कार्यान्वयन नभएकामा गुनासो गरेका थिए । पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुँदा त्यसले उपभोक्ताको चुलोमा समेत प्रभाव पार्ने, मूल्यवृद्धि हुने तथा अन्य दैनिक उपभोग्य वस्तुमा समेत नकारात्मक असर पर्ने भएकाले तत्काल फिर्ता लिन माग गरेका थिए । निमित्त महाप्रबन्धक भट्टराईले युवा विद्यार्थीको ध्यानकर्षणलाई गम्भीरतापूर्वक लिने विश्वास दिलाउनुभएको थियो ।

युवा संघ नेपालका अध्यक्ष राजीव पहारी, वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटा, अनेरास्ववियुका अध्यक्ष नबिना लामा र अखिल (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङले संयुक्त रुपमा हस्ताक्षर गर्नुभएको ज्ञापनपत्र निमित्त महाप्रबन्धक भट्टराईलाई बुझाइएको अखिल (क्रान्तिकारी)का उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिनुभयो । बिनाआधार हचुवामा गरिएको मूल्यवृद्धि फिर्ता लिन र पूर्वसहमतिअनुसार विद्यार्थीलाई सहुलियत दरमा खाना पकाउने ग्यास उपलब्ध गराउने निर्णय अविलम्ब कार्यान्वयनमा ल्याउनसमेत सो अवसरमा माग गरिएको थियो ।

निगम सञ्चालक समितिले पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य बढाउने निर्णय गरेको थियो । निगमका अनुसार पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर रु एक÷एक मूल्यवृद्धि गरिएको छ । निगमले खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर रु २५ र हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु तीन बढाइएको थियो । 
नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर रु १०२, डिजेल र मट्टितेल प्रतिलिटर रु ७९÷७९, खाना पकाउने ग्यासप्रति सिलिण्डर रु एक हजार ३७५ तथा हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर रु ९० कायम गरिएको छ । भारतीय आयल निगमले आज नयाँ मूल्यसूची पठाएपछि इन्धनको मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।