logo

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग

    1913   पटक पढिएको


२० पुस / अर्थ र व्यापार - काठमाडौँ। नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) निकटका युवा तथा विद्यार्थी संठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेका छन् ।

उनीहरुले आज नेपाल आयल निगमका निमित्त महाप्रबन्धक सुशील भट्टराईलाई ज्ञापनपत्र बुझाउँदै राजनीतिक संक्रमणको समयमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरिएकामा आपत्ति जनाएका हुन् । निगमले अन्तर्रा्ष्ट्रिय बजारमा मूल्यवृद्धि भएको भन्दै यही पुस १७ गतेदेखि इन्धनको मूल्य बढाएको थियो । आयोगका निमित्त महाप्रबन्धक भट्टराईले अन्तर्रा्ष्ट्रिय रुपमा नै मूल्यवृद्धि भएकाले निगमले बाध्य भएर मूल्यवृद्धि गर्नु परेको बताउनुभयो ।

तर युवा तथा विद्यार्थी संगठनले भने विगतमा घरायसी र व्यावसायिक प्रयोजनका लागि छुट्टाछुट्टै रुपमा ग्यासको सिलिण्डर बनाउने निर्णय भएको भन्दै सो सहमति कार्यान्वयन नभएकामा गुनासो गरेका थिए । पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुँदा त्यसले उपभोक्ताको चुलोमा समेत प्रभाव पार्ने, मूल्यवृद्धि हुने तथा अन्य दैनिक उपभोग्य वस्तुमा समेत नकारात्मक असर पर्ने भएकाले तत्काल फिर्ता लिन माग गरेका थिए । निमित्त महाप्रबन्धक भट्टराईले युवा विद्यार्थीको ध्यानकर्षणलाई गम्भीरतापूर्वक लिने विश्वास दिलाउनुभएको थियो ।

युवा संघ नेपालका अध्यक्ष राजीव पहारी, वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटा, अनेरास्ववियुका अध्यक्ष नबिना लामा र अखिल (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङले संयुक्त रुपमा हस्ताक्षर गर्नुभएको ज्ञापनपत्र निमित्त महाप्रबन्धक भट्टराईलाई बुझाइएको अखिल (क्रान्तिकारी)का उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिनुभयो । बिनाआधार हचुवामा गरिएको मूल्यवृद्धि फिर्ता लिन र पूर्वसहमतिअनुसार विद्यार्थीलाई सहुलियत दरमा खाना पकाउने ग्यास उपलब्ध गराउने निर्णय अविलम्ब कार्यान्वयनमा ल्याउनसमेत सो अवसरमा माग गरिएको थियो ।

निगम सञ्चालक समितिले पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य बढाउने निर्णय गरेको थियो । निगमका अनुसार पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर रु एक÷एक मूल्यवृद्धि गरिएको छ । निगमले खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर रु २५ र हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु तीन बढाइएको थियो । 
नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर रु १०२, डिजेल र मट्टितेल प्रतिलिटर रु ७९÷७९, खाना पकाउने ग्यासप्रति सिलिण्डर रु एक हजार ३७५ तथा हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर रु ९० कायम गरिएको छ । भारतीय आयल निगमले आज नयाँ मूल्यसूची पठाएपछि इन्धनको मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।