logo

पेट्रोलको मूल्य फेरी बढ्यो 

    1178   पटक पढिएको


     ५ पुष / अर्थ र व्यापार  - नेपाल आयल निगमले १५ दिनकै अवधिमा दोस्रो पटक पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निमगले मंगलटबार राती १२ बजेबाट लागु हुनेगरि पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य लिटरमा एक–एक रुपैयाँ बढाएको हो । तर, खाना पकाउने ग्याँस हवाई इन्धनको मूल्य भने यथावत् राखेको छ । इन्डियन आयल कर्पोरेसनले (ढटआइओसी) नेपाल आयल निगमलाई महिनामा दुई पटक मूल्यसूची पठाउँछ । अंग्रेजी महिनाको प्रत्येक १५ दिनमा पेट्रोल, डिजेल र मट्टीतेलको र १ तारिखमा सबै पेट्रोलियम पदार्थको मूल्य पठाउने गर्छ । पछिल्लो पटक इन्डियन आयल कर्पोरेसनले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएर पठाएकोले आयल निगमले पनि मूल्य समायोजन गरेको जनाएको छ । 
नयाँ मूल्यसूची अनुसार अब पेट्रोल १०१ रुपैयाँ र डिजेल तथा मट्टीतेल ७८ रुपैयाँ पर्छ । नयाँ मूल्यसूची अनुसार निगमलाई प्रतिलिटर पेट्रालमा २ रुपैयाँ ६७ पैसा नाफा हुन्छ भने डिजेलमा प्रतिलिटर १ रुपैयाँ ७४ पैसा घाटा हुने निगमले जनाएको छ ।
यस्तै, मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँ २७ पैसा नाफा तथा हवाई इन्धन आन्तरिकमा १२ रुपैयाँ ८३ पैसा र बाहृयमा २४ रुपैयाँ ८८ पैसा नाफा रहेकोे पनि निगमले जनाएको छ । खाना पकाउने ग्यासमा भने अझै पनि प्रतिसिलिण्डर २ सय २६ रुपैयाँ घाटा रहेको छ । मूल्य समायोजन गरेसँगै अब मासिक घाटा ११ करोड ३९ लाख रुपैयाँ पुग्ने निगमको प्रक्षेपण छ । अहिले यस्तो घाटा साढे १९ करोड रुपैयाँ छ ।
निगमका प्रवक्ता वीरेन्द्र गोइतले स्वचालित मूल्य संयन्त्रका आधारमा १५ दिनमा दुई पटक मूल्य बढाइएको बताए । उनका अनुसार नयाँ मूल्य निर्धारणपछि पनि निगमलाई ११ करोड रुपैयाँ घाटा छ । अन्तर्रा्ष्ट्रिय बजारमा लगातार कच्चा तेलको मूल्य बढेकोले निगमलाई मूल्य बढाउन चाप परेको हो ।
निवर्टाचन तथा जाडो महिनामा सदाझैं डिजेल र खाना पकाउने ग्यासको बिक्री अत्यटिटधक हुँदा घाटा चुलिएको निगमले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।