logo

पेट्रोलको मूल्य फेरी बढ्यो 

    1543   पटक पढिएको


     ५ पुष / अर्थ र व्यापार  - नेपाल आयल निगमले १५ दिनकै अवधिमा दोस्रो पटक पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निमगले मंगलटबार राती १२ बजेबाट लागु हुनेगरि पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य लिटरमा एक–एक रुपैयाँ बढाएको हो । तर, खाना पकाउने ग्याँस हवाई इन्धनको मूल्य भने यथावत् राखेको छ । इन्डियन आयल कर्पोरेसनले (ढटआइओसी) नेपाल आयल निगमलाई महिनामा दुई पटक मूल्यसूची पठाउँछ । अंग्रेजी महिनाको प्रत्येक १५ दिनमा पेट्रोल, डिजेल र मट्टीतेलको र १ तारिखमा सबै पेट्रोलियम पदार्थको मूल्य पठाउने गर्छ । पछिल्लो पटक इन्डियन आयल कर्पोरेसनले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएर पठाएकोले आयल निगमले पनि मूल्य समायोजन गरेको जनाएको छ । 
नयाँ मूल्यसूची अनुसार अब पेट्रोल १०१ रुपैयाँ र डिजेल तथा मट्टीतेल ७८ रुपैयाँ पर्छ । नयाँ मूल्यसूची अनुसार निगमलाई प्रतिलिटर पेट्रालमा २ रुपैयाँ ६७ पैसा नाफा हुन्छ भने डिजेलमा प्रतिलिटर १ रुपैयाँ ७४ पैसा घाटा हुने निगमले जनाएको छ ।
यस्तै, मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँ २७ पैसा नाफा तथा हवाई इन्धन आन्तरिकमा १२ रुपैयाँ ८३ पैसा र बाहृयमा २४ रुपैयाँ ८८ पैसा नाफा रहेकोे पनि निगमले जनाएको छ । खाना पकाउने ग्यासमा भने अझै पनि प्रतिसिलिण्डर २ सय २६ रुपैयाँ घाटा रहेको छ । मूल्य समायोजन गरेसँगै अब मासिक घाटा ११ करोड ३९ लाख रुपैयाँ पुग्ने निगमको प्रक्षेपण छ । अहिले यस्तो घाटा साढे १९ करोड रुपैयाँ छ ।
निगमका प्रवक्ता वीरेन्द्र गोइतले स्वचालित मूल्य संयन्त्रका आधारमा १५ दिनमा दुई पटक मूल्य बढाइएको बताए । उनका अनुसार नयाँ मूल्य निर्धारणपछि पनि निगमलाई ११ करोड रुपैयाँ घाटा छ । अन्तर्रा्ष्ट्रिय बजारमा लगातार कच्चा तेलको मूल्य बढेकोले निगमलाई मूल्य बढाउन चाप परेको हो ।
निवर्टाचन तथा जाडो महिनामा सदाझैं डिजेल र खाना पकाउने ग्यासको बिक्री अत्यटिटधक हुँदा घाटा चुलिएको निगमले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।