logo

पाँचथर पावरको आईपिओमा आवेदन गर्ने शुक्रबार अन्तिम दिन 

    1421   पटक पढिएको

१६ फागुन /अर्थ र व्यापार - पाँचथर पावर कम्पनीले निष्काशन गरेको आईपिओमा फागुन १५ गते बुधबारसम्ममा २१ करोड १० लाख रुपैयाँ बराबरको आवेदन परेको छ । कम्पनीको आईपिओमा आवेदन गर्ने बिहीबार अन्तिम दिन भएपनि सरकारले सार्वजनिक विदा दिएका कारण शुक्रबारसम्म आईपिओ खुला हुनेछ ।

बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित ७ जना सवार एयर डाइनेष्टीको हेलिकप्टर ताप्लेजुङमा दुर्घटना परि निधन भएपश्चात सरकारले बिहीबार सार्वजनिक विदा दिएको हो । बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार बुधबार साँझसम्ममा आईपिओमा १.३९० गुणा बढी आवेदन परिसकेको छ । बिहीबार बेलुकासम्ममा ५० हजार २०० आवेदन मार्फत २१ लाख १० हजार कित्ताको लागि आवेदन परेको हो ।

कम्पनीले सर्वसाधारणका लागि अंकित मूल्य एक सय रुपैयाँ प्रतिकित्ता दरले १७ करोड ५० लाख २५ हजार रुपैयाँ बराबरको १७ लाख ५० हजार २५० कित्ता शेयर निष्काशन गरेको थियो । निष्काशित आईपिओ मध्ये कर्मचारीहरूलाई ३५ हजार ५ कित्ता र सामुहिक लागानी कोषलाई ८७ हजार ५१२ कित्ता छुट्याएर बाँकी रहेको १६ लाख २७ हजार ७३३ कित्ता शेयरका लागि सर्वसाधारणहरूले आवेदन गर्न सक्नेछन ।

इच्छुक लगानीकर्ताले धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागि बैंक तथा वित्तीय संस्थाहरुबाट सी–आस्वाको प्रणली मार्फत आवदेन दिन सक्नेछन् ।  कम्पनीको शेयरमा छिटोमा फागुन १७ गते शुक्रबार बन्द हुनेछ । पाँचथर पावरले फागुन १३ गते देखि आइपिओ खुला गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।