logo

पाँचथर पावर कम्पनीको प्राथमिक शेयर निष्काशन पुस ३० गतेदेखि खुल्ला गरिने 

    1217   पटक पढिएको

२२ पुस/ अर्थ र व्यापार  - पाँचथर पावर कम्पनीले प्राभावित क्षेत्रका वासिन्दाको लागि पुस ३० गतेदेखि ९ लाख ६२ हजार ५०० कित्ता प्राथमिक शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र पाँचथर जिल्लाको फिदिम नगरपालिका, हिलिहाङ्ग र फालेलुङ्ग गाउँपालिकाका वासिन्दाको लागि शेयर निष्काशन गर्ने भएको हो ।

कम्पनीले पाँचथर जिल्लाको हेवा खोलामा १४.९ मेगवाट क्षमताको आयोजना निर्माण गरेको छ । प्रतिमेगावट लागत १७ करोड ५४ लाख रुपैयाँ रहेको छ भने जम्मा लागत दुई अर्ब ६१ करोड रुपैयाँ रहेको छ । यसपछि कम्पनी सर्वसाधारणलाई शेयर जारी गर्ने छ ।
केयर रेटिङ नेपालले गरेको क्रेडिट रेटिङ अनुसार कम्पनीले ‘केयर एनपि आइपिओ ग्रेड ४’ प्राप्त गरेको छ । आयोजनाको निर्माण कार्य सकिएर २०७३ माघदेखि व्यावसायिक उत्पादन गर्दै आएको छ । आयोजनाको निमार्ण कार्य सकिएर उत्पादन थालेकोले कम्पनीको क्रेडिट रेटिङ अन्य कम्पनीको भन्दा राम्रो आएको हो ।

गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार कम्पनीको दीर्घकालिन ऋण एक अर्ब ७१ करोड रुपैयाँ रहेको छ । त्यस्तै गत वर्ष ४ करोड ५१ लाख रुपैयाँ नोक्सानमा थियो । कम्पनीले आर्थिक वर्ष २०७७र७८ देखि नाफामा हुने प्रक्षेपण गरेको छ । प्रभावित क्षेत्रका बासिन्दाले पाँचथर जिल्लामा रहेका कृषि विकास बैंक, सेञ्चुरी बैंक, गुडविल फाइनान्स र कम्पनीको आयोजना स्थलबाट आवेदन दिन पाउने धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक सानिमा क्यापिटलले जनाएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।