logo

पाँचथर पावर कम्पनी लिमिटेडद्वारा शेयर निष्काशन अवधि माघ २९ सम्मका लागि थप

    1701   पटक पढिएको

१४ माघ /अर्थ र व्यापार -  पाँचथर पावर कम्पनी लिमिटेडले  पुस ३० गते देखि बिक्री खुला गरेको साधारण शेयर (आईपिओ) निष्काशन अवधि थप गरेको छ । आईपिओमा छिटोमा आवेदन गर्ने मिति माघ १४ गतेसम्मका लागि तोकिएकोमा निष्काशन अवधि थपेर माघ २९ गते (बैंकिङ समय) सम्म आवेदन गर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीले निष्काशन गरेको शेयर आयोजनाबाट प्रभावित तत्कालीन गाविसहरु भारपा, याङ्गनाम, नांगिन (हाल फिदिम नगरपालिका, हिलिहाङ्ग र फालेलसङ्ग गाउँपालिका) का बासिन्दाहरुले आवेदन गर्न पाउनेछन् । 

कम्पनीको आईपिओ निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटललाई नियुक्त गरिएको छ । आईपिओमा स्थानीयहरुले न्यूनतम १० कित्ता अर्थात एक हजार रुपैयाँदेखि ९ हजार ६२० कित्ता अर्थात ९ लाख ६२ हजार रुपैयाँसम्म माग गर्न सक्ने व्यवस्था रहेको छ । कम्पनीले निष्काशन गर्न लागेको आईपिओलाई केयर रेटिङ्गस् नेपाल लिमिटेडले ‘केयर एनपी आइपिओ ग्रेड ४’ दिएको छ । यस ग्रेडले कम्पनीको आधारभुत अवस्था औसत भन्दा तर आधार रहेको जनाउँछ ।

यस आइपिओमा चार स्थाबाट आवेदन बुझ्ने व्यवस्था गरिएको छ । जसमा पाँचथर पावर कम्पनीको हेवाखोला ए जविद्युत आयोजनाको कार्यालय फिदिम नगरपालिका १० याङ्गनाम, कृषि विकास बैंक, सेञ्चुरी कमर्सियल बैंक र गुडविल फाइनान्सको शाखा कार्यालय फिदिम पाँचथरबाट स्थानीयले आईपिओको दरखास्त फारम प्राप्त गर्न र बुझाउन सक्नेछन् ।

कम्पनीले पुस १३ गते धितोपत्र बोर्डबाट आयोजना प्रभावित स्थानीय बासिन्दा र सर्वसाधारलाई गरी कूल १९ करोड २५ लाख रुपैयाँ बराबरको १९ लाख २५ हजार कित्ता आईपिओ बिक्री गर्न अनुमति पाएको थियो । जसमध्ये पहिलो चरणमा कम्पनीले पुस ३० गतेदेखि आयोजना प्रभावित पाँचथर जिल्लाका स्थानीय बासिन्दाका लागि ९ लाख ६२ हजार ५०० कित्ता निष्काशन गर्न लागेको हो । यो आईपिओ बाँडफाँडपछि दोस्रो चरणमा सोही परिमाणमा सर्वसाधारणमा आईपिओ निष्काशन गर्नेछ ।

कम्पनीले संस्थापकहरुबाट जारी पूँजीको ८० प्रतिशत अर्थात ७७ करोड रुपैयाँ चुक्ता गरिसकेको छ भने जारी पूँजीको २० प्रतिशत पूँजी सार्वजनिक निष्काशनबाट कायम गर्नेछ । पाँचथर पावर कम्पनीले पाँचथर जिल्लामा १४.९ मेगावाटको हेवाखोला ए जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । कम्पनीले यस आयोजनाबाट २०७३ माघ २२ गते देखि नै विद्युत उत्पादन गरीरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।