logo

एनएलजी इन्स्योरेन्सद्वारा बिशेष साधरणसभा आह्वान

    1372   पटक पढिएको

२२ बैशाख /अर्थ र व्यापार - एनएलजी इन्स्योरेन्सद्वारा बिशेष साधरणसभा आह्वान गरिएको छ । इन्स्योरेन्सले जेठ १४ गते विहान १० बजे रसियन कल्चर सेन्टरको अडिटोरियम हलमा विशेष साधारण सभा आह्वान गरेको हो । साधारण सभामा इन्स्योरेन्सको न्युनतम चुक्ता पूँजी एक अर्ब पुर्याउन ६० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव अनुमोदन गर्ने तयारी गरेको छ ।

हाल कायम ६४ करोड ४ लाख रुपैयाँको १० को अनुपात ६ को दरले हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ । बीमा समितिले बीमा कम्पनीहरुलाई चालु आर्थिक वर्षको असार मसान्त भित्रमा साधारण सभा सम्पन्न गरेर न्युनतम चुक्ता पूँजी पुर्याउन निर्देशन दिएको छ । समितिको निर्देशन अनुसार न्युनतम चुक्ता पूँजी पुर्याउन एनएलजी इन्स्योरेन्सले हकप्रदको बाटो रोजेको हो ।

हकप्रद जारीपछि इन्स्योरेन्सको चुक्ता पूँजी एक अर्ब २ करोड ४६ लाख रुपैयाँ पुग्नेछ । साधारण सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न संचालक समितिलाई अख्तियारी समेत प्रदान गर्नेछ । इन्स्योरेन्सले विशेष साधारण सभा प्रयोजनको लागि जेठ ६ गते शेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) गर्ने जनाएको छ । त्यस अनुसार जेठ ५ गते सम्म कायम शेयरधनी मात्रै साधारण सभामा सहभागि हुन पाउनेछन् ।

 


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।