logo

आयकर तत्काल नउठान सर्वोच्च अदालतद्वारा कन्साई नेरोल्याक पेन्ट्सलाई निर्देशन

    2294   पटक पढिएको

२४ मंसिर/ अर्थ र व्यापार  - कन्साई नेरोल्याक पेन्ट्स (केएनपी)लाई निर्धारण गरिएको आयकर तत्काल नउठान सर्वोच्च अदालतले ठूला करदाता कार्यालयका नाममा अन्तरिम आदेश दिएको छ । ठूला करदाता कार्यालयले निर्धारण गरेको ४ करोड १८ लाख २१ हजार ४४१ रुपैयाँ आयकर तत्काल असुली नगर्न सर्वोच्चले भनेको हो ।

कन्साई नेरोल्याकले प्रारम्भिक विवरणसहित २ करोड ८० लाख ४५ हजार ३३४ रुपैयाँ स्वयं घोषणा गरेको थियो । कम्पनीले औद्योगिक व्यवसाय ऐन २०४९ अनुसार उत्पादनमूलक उद्योगहरुले आयकरमा छुट पाउने व्यवस्था रहेको भन्दै त्यसैअनुसार कर निर्धारण हुने गरी विवरण घोषणा गरेको थियो । कम्पनीले घोषणा गरेको विवरणअनुसार नभई कर कार्यालयले घोषित विवरणको अध्ययनपछि अन्तिम कर निर्धारण गरेको हो । कर कार्यालयले गरेको कर निर्धारण र कम्पनीले गरेको घोषणामा १ करोड ३८ लाख रुपैयाँ फरक देखिन्छ । 

आयकर ऐन २०५८ को व्यवस्थाअनुसार करदाता स्वयंले पहिले आफ्नो विवरणसहित लाग्ने कर घोषणा गर्ने र कर कार्यालयले विवरण अध्ययनपछि कानुनबमोजिम लाग्न सक्ने थप कर निर्धारण गर्न सक्दछ । कार्यालयले शंकास्पद विवरणमा अडिट गर्ने र कानुनबमोजिम भएको नदेखिए थप कर निर्धारण गर्न सक्ने व्यवस्था ऐनमा छ ।  उत्पादनमूलक उद्योगलाई आयकरमा २० प्रतिशत छुट दिने औद्योगिक व्यवसाय ऐनमा भएको व्यवस्था कार्यान्वयन गरी कर निर्धारण गर्नुपर्ने मागसहित उद्योगले अदालतमा मुद्दा दायर गरेको थियो । रिटको प्रारम्भिक सुनुवाईपछि सर्वोच्चले औद्योगिक व्यवसाय ऐनमा भएको छुट सुविधा गणनापछि कर निर्धारण गर्न अन्तरिम आदेश दिएको हो । सर्वोच्च अदालतका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र डम्बरबहादुर शाहीको संयुक्त इजलासले ठुला करदाता कार्यालय ललितपुरलाई संशोधित कर निर्धारण हाललाई स्थगित गरी त्यसका लागि सार्वजनिक गरिएको सूचना कार्यान्वयन नगर्न भनेको हो । 

औद्योगिक व्यवसाय ऐनमा उत्पादनमूलक उद्योगलाई लाग्ने आयकरमा २० प्रतिशत छुटको सुविधा दिइएको छ । तर नेपालका ठूला करदाता र आन्तरिक राजस्व कार्यालयले आर्थिक ऐनमा यस्तो प्रावधान नभएको जिकिर गर्दै कुनै पनि उत्पादनमूलक उद्योगलाई आयकरमा यस्तो सुविधा दिएका छैनन् । आदेशमा संशोधित कर निर्धारणको निर्णय तथा सूचनासमेत हाललाई कार्यान्वयन नगर्नू, त्यस सुविधाका आधारमा थप कर माग नगर्नू तथा उक्त संशोधित कर निर्धारणको सूचनाको तपसिल खण्डमा उल्लेख भएको म्यादसमेत गणना गरी यथास्थितिमा राख्नू,’ भन्ने उल्लेख गरिएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।