logo

आयकर तत्काल नउठान सर्वोच्च अदालतद्वारा कन्साई नेरोल्याक पेन्ट्सलाई निर्देशन

    2035   पटक पढिएको

२४ मंसिर/ अर्थ र व्यापार  - कन्साई नेरोल्याक पेन्ट्स (केएनपी)लाई निर्धारण गरिएको आयकर तत्काल नउठान सर्वोच्च अदालतले ठूला करदाता कार्यालयका नाममा अन्तरिम आदेश दिएको छ । ठूला करदाता कार्यालयले निर्धारण गरेको ४ करोड १८ लाख २१ हजार ४४१ रुपैयाँ आयकर तत्काल असुली नगर्न सर्वोच्चले भनेको हो ।

कन्साई नेरोल्याकले प्रारम्भिक विवरणसहित २ करोड ८० लाख ४५ हजार ३३४ रुपैयाँ स्वयं घोषणा गरेको थियो । कम्पनीले औद्योगिक व्यवसाय ऐन २०४९ अनुसार उत्पादनमूलक उद्योगहरुले आयकरमा छुट पाउने व्यवस्था रहेको भन्दै त्यसैअनुसार कर निर्धारण हुने गरी विवरण घोषणा गरेको थियो । कम्पनीले घोषणा गरेको विवरणअनुसार नभई कर कार्यालयले घोषित विवरणको अध्ययनपछि अन्तिम कर निर्धारण गरेको हो । कर कार्यालयले गरेको कर निर्धारण र कम्पनीले गरेको घोषणामा १ करोड ३८ लाख रुपैयाँ फरक देखिन्छ । 

आयकर ऐन २०५८ को व्यवस्थाअनुसार करदाता स्वयंले पहिले आफ्नो विवरणसहित लाग्ने कर घोषणा गर्ने र कर कार्यालयले विवरण अध्ययनपछि कानुनबमोजिम लाग्न सक्ने थप कर निर्धारण गर्न सक्दछ । कार्यालयले शंकास्पद विवरणमा अडिट गर्ने र कानुनबमोजिम भएको नदेखिए थप कर निर्धारण गर्न सक्ने व्यवस्था ऐनमा छ ।  उत्पादनमूलक उद्योगलाई आयकरमा २० प्रतिशत छुट दिने औद्योगिक व्यवसाय ऐनमा भएको व्यवस्था कार्यान्वयन गरी कर निर्धारण गर्नुपर्ने मागसहित उद्योगले अदालतमा मुद्दा दायर गरेको थियो । रिटको प्रारम्भिक सुनुवाईपछि सर्वोच्चले औद्योगिक व्यवसाय ऐनमा भएको छुट सुविधा गणनापछि कर निर्धारण गर्न अन्तरिम आदेश दिएको हो । सर्वोच्च अदालतका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र डम्बरबहादुर शाहीको संयुक्त इजलासले ठुला करदाता कार्यालय ललितपुरलाई संशोधित कर निर्धारण हाललाई स्थगित गरी त्यसका लागि सार्वजनिक गरिएको सूचना कार्यान्वयन नगर्न भनेको हो । 

औद्योगिक व्यवसाय ऐनमा उत्पादनमूलक उद्योगलाई लाग्ने आयकरमा २० प्रतिशत छुटको सुविधा दिइएको छ । तर नेपालका ठूला करदाता र आन्तरिक राजस्व कार्यालयले आर्थिक ऐनमा यस्तो प्रावधान नभएको जिकिर गर्दै कुनै पनि उत्पादनमूलक उद्योगलाई आयकरमा यस्तो सुविधा दिएका छैनन् । आदेशमा संशोधित कर निर्धारणको निर्णय तथा सूचनासमेत हाललाई कार्यान्वयन नगर्नू, त्यस सुविधाका आधारमा थप कर माग नगर्नू तथा उक्त संशोधित कर निर्धारणको सूचनाको तपसिल खण्डमा उल्लेख भएको म्यादसमेत गणना गरी यथास्थितिमा राख्नू,’ भन्ने उल्लेख गरिएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।