logo

नेपाल टेलिकमले शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने, ५५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव

    1730   पटक पढिएको

९ पुस /अर्थ र व्यापार - नेपाल दुरसञ्चार कम्पनी (NTC) ले गत आर्थिक वर्ष २०७४र७५ को वितरण योग्य नाफाबाट शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको ५५ प्रतिशत नगद लाभांश वितरणका लागि शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने मिति तय गरेको छ ।
लाभांश पारित गर्न पुस ३० गते आइतबार आह्वान गरिएको एघारौं वार्षिक साधारण सभाका लागि कम्पनी सञ्चालक समतिको पुस ८ गते बसेको ८०३ औं बैठकले पुस १५ गते आइतबारदेखि पुस ३० गतेसम्म शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने निर्णय गरेको छ । 

यसअनुसार बुकक्लोजको अघिल्लो कारोबार दिन अर्थात पुस १२ गते बिहीबारसम्म कायम रहने शेयरधनी मात्र लाभांशका लागि योग्य हुनेछन् । टेलिकमको पुस २ गते सम्पन्न सञ्चालक समितिको ८०२ औं बैठकले अघिल्लो आर्थिक वर्षमा पति नै प्रतिशेयर ५५ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

टेलिकमको ११ औं वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात शेयरधनीलाई लाभांश वितरण हुनेछ । सभाले चालू आवको लागि लेखापरिक्षक नियुक्त गरि पारिश्रमिक निर्धारण समेत गर्नेछ । १५ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको टेलिकमको जगेडा कोषमा ८७ अर्ब ९८ करोड ९३ लाख २५ हजार ७१५ रुपैयाँ छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा टेलिकमले ४ अर्ब ४९ करोड ६ लाख ४४ हजार ५२१ रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी ११९ रुपैयाँ ७५ पैसा कायम गरेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।