logo

नेपाल र चीनबीच व्यापार तथा लगानीका लागि अन्तराष्ट्रिय एवं व्यापारिक सम्झौता

    1332   पटक पढिएको


८ माघ /अर्थ र व्यापार - काठमा डौं । नेपाल र चीन बीच व्यापार तथा लगानीका लागि अन्तराष्ट्रिय एवं व्यापारिक सम्झौता भएको छ । आइतबार बेजिङ्ग स्थित ओबिओआर अन्तर्रा्ष्ट्रिय व्यापार तथा लगानी मञ्चमा नेपाली कम्पनीहरु र चिनियाँ उद्यमी, व्यापारीहरु बिच द्धीराष्ट्रिय व्यापार आदान प्रदान गर्ने सम्झौता भएको हो ।

 

ओबिओआर अन्तराष्ट्रिय व्यापार तथा लगानी मन्चको अध्यक्ष भाष्करराज राजकर्णिकारको नेतृत्वमा नौ सदस्यीय व्यापारिक मण्डल दक्षिण एसिया तथा दक्षिण पूर्व एसिया लगानी तथा व्यापार मेलामा सहभागी भएको हो ।कार्यक्रममा सार्क उद्योग वाणिज्य संघका अध्यक्षसुरज बैध समेत चीनका ओविओआर अन्तराष्ट्रिय व्यापार तथा लगानी मञ्चका संस्थापक सु या कार्यकारी अध्यक्ष जोङ जुझाङ लगायतले मन्तव्य व्यक्त गरेका थिए । उक्त गोष्ठीको दोस्रो दिन नेपाल र चीनको बिज्ञापन व्यवसायलाई परिष्कृत बनाउन दुई देशिय व्यापारिक आदान–प्रदान गर्न एक सम्झौता पत्रमा आनका पूर्व अध्यक्ष निर्मल राज पौडेलले हस्ताक्षर गरेका छन् । साथै, व्यापारिक सहकार्य र संयुक्त लागानीका लागि राजेश बज्राचार्य र चिनिया कम्पनी बिच सम्झौता समेत भएको छ ।

चीनको सरकारी पदाधिकारी, नेपाल, बंगलादेश तथा भितनामका सरकारी पदाधिकारीहरु समेत सहभागिता रहेको थियो । नेपालबाट दमक औद्योगिक पार्क समितिका अध्यक्ष गोविन्द थापा, नेपाल विज्ञापन संघका पूर्व अध्यक्ष एवं वेलकम गु्रपका अध्यक्ष निर्मल राज पौडेल, कार्य्बिनायक ट्रेड समुहका राजेश बज्राचार्य, रज्जु श्रेष्ठ, विपिन तिमिला, राजु डंगोल लगायत उद्यमी व्यवसायीहरुको समेत सहभागिता रहेको छ । व्यापारिक मण्डल यहि माघ ४ गते चिन प्रस्थान गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।