logo

राष्ट्रिय बीमा कम्पनीले सञ्चय कोष बचतकर्ताको स्वास्थ्य बीमाको ५० प्रतिशत पुनर्बीमा नेपाल पुनर्बीमा कम्पनीसँग गर्ने सम्झौता

    2013   पटक पढिएको

९ पुस /अर्थ र व्यापार  - कर्मचारी सञ्चयकोषको ६ लाख बचतकर्ताको स्वास्थ्य बीमाको ५०५ पुनर्बीमा अब नेपालमै हुने भएको छ । राष्ट्रिय बीमा कम्पनीले सञ्चय कोष बचतकर्ताको स्वास्थ्य बीमाको पचास प्रतिशत पुनर्बीमा नेपाल पुनर्बीमा कम्पनीसँग गर्ने भएको हो ।

यस सम्वन्धी सम्झौतापत्रमा एक समारोहकाबीच राष्ट्रिय बीमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बीर विक्रम रायमाझी र नेपाल पुनर्बीमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले कम्पनीको केन्द्रीय कार्यालय रामशाहपथमा हस्ताक्षर गरेका छन् ।

राष्ट्रिय बीमा कम्पनी र कर्मचारी सञ्चय कोष बीच कोषका सञ्चयकर्ताहरुको औषधोपचार तथा घातक रोगको उपचारको लागि उक्त कम्पनीवाट बीमालेख जारी भईसकेको सन्दर्भमा सो बीमाको पुनर्बीमा समेत गर्नुपर्ने भएकोले सो पुनर्बीमा सम्झौता भएको हो । यस सम्झौता पश्चात कम्पनीले जारी गरेको कर्मचारी सञ्चय कोषका ६ लाख संचयकर्ताहरुको वार्षिक एक लाख रुपैयासम्मको औषधोपचार र १० लाख रुपैयाँसम्मको घातक रोगको उपचारको लागि पुनर्बीमा ब्यवस्था स्वदेशमा नै भएको छ ।

राष्ट्रिय बीमा कम्पनी र नेपाल पुनर्बीमा कम्पनी बीच भएको ५० प्रतिशत पुनर्बीमा सम्झौता अनुसार बीमा शुल्क तथा बीमा दाबीमा दुबै कम्पनीको समान सहभागिता हुने भएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।