logo

राष्ट्रिय बीमा कम्पनीले सञ्चय कोष बचतकर्ताको स्वास्थ्य बीमाको ५० प्रतिशत पुनर्बीमा नेपाल पुनर्बीमा कम्पनीसँग गर्ने सम्झौता

    1744   पटक पढिएको

९ पुस /अर्थ र व्यापार  - कर्मचारी सञ्चयकोषको ६ लाख बचतकर्ताको स्वास्थ्य बीमाको ५०५ पुनर्बीमा अब नेपालमै हुने भएको छ । राष्ट्रिय बीमा कम्पनीले सञ्चय कोष बचतकर्ताको स्वास्थ्य बीमाको पचास प्रतिशत पुनर्बीमा नेपाल पुनर्बीमा कम्पनीसँग गर्ने भएको हो ।

यस सम्वन्धी सम्झौतापत्रमा एक समारोहकाबीच राष्ट्रिय बीमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बीर विक्रम रायमाझी र नेपाल पुनर्बीमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले कम्पनीको केन्द्रीय कार्यालय रामशाहपथमा हस्ताक्षर गरेका छन् ।

राष्ट्रिय बीमा कम्पनी र कर्मचारी सञ्चय कोष बीच कोषका सञ्चयकर्ताहरुको औषधोपचार तथा घातक रोगको उपचारको लागि उक्त कम्पनीवाट बीमालेख जारी भईसकेको सन्दर्भमा सो बीमाको पुनर्बीमा समेत गर्नुपर्ने भएकोले सो पुनर्बीमा सम्झौता भएको हो । यस सम्झौता पश्चात कम्पनीले जारी गरेको कर्मचारी सञ्चय कोषका ६ लाख संचयकर्ताहरुको वार्षिक एक लाख रुपैयासम्मको औषधोपचार र १० लाख रुपैयाँसम्मको घातक रोगको उपचारको लागि पुनर्बीमा ब्यवस्था स्वदेशमा नै भएको छ ।

राष्ट्रिय बीमा कम्पनी र नेपाल पुनर्बीमा कम्पनी बीच भएको ५० प्रतिशत पुनर्बीमा सम्झौता अनुसार बीमा शुल्क तथा बीमा दाबीमा दुबै कम्पनीको समान सहभागिता हुने भएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।