logo

नेपाल लाइफ इन्स्योरेन्सको ७.२२ प्रतिशतले नाफा वृद्धि

    2064   पटक पढिएको

३० बैशाख /अर्थ र व्यापार - नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक बर्षको नौ महिनामा ४६ करोड ७२ लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीले गत बर्षको यहि अवधिको तुलनामा ७.२२ प्रतिशतले नाफा बढाएको हो । कम्पनीले नौ महिनाको अवधिमा १५ अर्ब १९ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा कम्पनीले १० अर्ब ६९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । 

कम्पनीले १२ लाख ३९ हजार बीमा पोलिसी बिक्री गर्न सफल भएको छ । गत वर्षको यहि अवधिमा ११ लाख १२ हजार बीमा पोलिसी बिक्री गरेको थियो । तेस्रो त्रैमाशिक अवधिमा कम्पनीले ६ अर्ब ५६ करोड रुपैयाँको दाबी भुक्तानी गरेको छ । गत वर्षको सोहि अवधिमा तीन अर्ब ७० करोड रुपैयाँको दाबी भुक्तानी गरेको थियो । 

कम्पनीको चुक्ता पूँजी चार अर्ब ३९ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा पाँच अर्ब ६१ करोड रुपैयाँ जम्मा भएको छ । एक वर्षको अवधिमा कम्पनीले आफ्नो जीवन बीमा कोष २४.७० प्रतिशतले बढाएर ५९ अर्ब ४६ करोड रुपैयाँ पुर्याएको छ । गत वर्षको यहि अवधिमा कम्पनीको जीवन बीमा कोष ४७ अर्ब ६८ करोड रुपैयाँ थियो । कम्पनीको प्रतिशेयर आम्दानी १४ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ २३७ रुपैयाँ छ । 

जीवन बीमा कम्पनीमध्ये सबैभन्दा ठूलो बीमा कोष तथा पूँजी भएको नेपाल लाइफले सबैभन्द राम्रो लाभांस वितरण गर्दै आएको छ । गत आर्थिक वर्षको नाफाबाट पनि कम्पनीले २५ प्रतिशत बोनस शेयर २३.५ प्रतिशत नगद लाभांस घोषणा गरेको छ । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।