logo

नेपाल लाइफ इन्स्योरेन्सद्वारा जेठ ४ गते १९ औं वार्षिक साधारणसभा आह्वान

    1425   पटक पढिएको

१३ बैशाख /अर्थ र व्यापार - नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा जेठ ४ गते १९ औं वार्षिक साधारणसभा डाकिएको छ । नेपाल लाइफ गत आर्थिक वर्षको साधारणसभा गर्ने पहिलो बीमा कम्पनी भएको छ । दोस्रो बजारमा सूचीकृत जीवन तथा निर्जीवन बीमा कम्पनीहरुमध्ये नेपाल लाइफ पहिलो हो ।
वैशाख १२ गते बसेको सञ्चालक समितिको बैठकले साधारणसभाको मिति तय गरेको हो । कम्पनीको सञ्चालक समितिले यस अगाडि नै चुक्ता पूँजीको २३.५ प्रतिशत नगद लाभांश र २५ प्रतिशत बोनस शेयर दिने घोषणा गरेको थियो । समितिको उक्त घोषणा आगामी हुने साधारणसभामा विशेष प्रस्तावको रुपमा अगाडि सारिएको छ ।

कम्पनीले चुक्ता पूँजीको २५ प्रतिशत बोनस शेयर पारित गरे सँगै चुक्ता पूँजी ५ अर्ब ४९ करोड रुपैयाँ पुग्नेछ । साधारणसभामा कम्पनीको अधिकृत पूँजी १० अर्ब रुपैयाँ पुर्याउने विशेष प्रस्ताव अगाडि सारिएको छ । हाल कम्पनीको चुक्ता पूँजी ४ अर्ब ३९ करोड रुपैयाँ रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि जेठ चार गतेसम्म बुक क्लोज गर्ने भएको छ। वैशाख १७ गतेसम्म कायम शेयरधनीहरुले ४८.५ प्रतिशत लाभांश पाउने छन् । वैशाख १८ गते विश्व मजदुर दिवस भएकोले नेपाल स्टक एक्सचेन्जमा कारोबार हुँदैन ।

आर्थिक वर्ष २०७५र७६ का लागि साविककै लेखा परीक्षक ज्ञानेन्द्र एण्ड एशोशिएट्सलाई नै पुनः नियुक्त गर्ने भएको छ । साधारणसभामा सञ्चालक समितिका अध्यक्षले गत आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गर्ने छन् । गत आर्थिक वर्षदेखि एनएफआरएस प्रणाली अनुसार वित्तीय विवरण तयार पार्नु पर्ने भएकोले कम्पनीको साभारणसभा ढिला भएको हो । जीवन बीमा कम्पनीहरुले लेखापरीक्षण तयार पारेसँगै एक्चुरियल भ्यालुएसन गर्नुपर्ने हुँदा साभारणसभा ढिला हुँदै आएको छ । बाँकी जीवन बीमा कम्पनीले पनि गत आर्थिक वर्षको साधारणसभा गर्न सकेका छैनन् । जीवन बीमा कम्पनीहरुमध्ये नेपाल लाइफ इन्स्योरेस कम्पनीको मात्रै ३६ प्रतिशत भन्दा धेरै हिस्सा रहेको छ ।

पूँजी तथा बीमा शुल्क आर्जका हिसावले सबैभन्दा अगाडि रहेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले हरेक वर्ष शेयरधनीहरुलाई बम्पर बोनस प्रदान गर्दै आएको छ । राम्रो बोनस प्रदान गरिरहेको कम्पनीको बजार मूल्य पनि अन्य कम्पनीको भन्दा राम्रो रहेको छ । जीवन बीमा कम्पनीहरुमध्ये नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बोनस दर सबैभन्दा उच्च रहेको छ। बीमा समितिका अनुसार कम्पनीको बोनस दर न्यूनतम प्रतिहजार ६५ देखि ८२ रुपैयाँसम्म रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।