logo

नेपाल लाइफ इन्स्योरेन्सद्वारा जेठ ४ गते १९ औं वार्षिक साधारणसभा आह्वान

    1755   पटक पढिएको

१३ बैशाख /अर्थ र व्यापार - नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा जेठ ४ गते १९ औं वार्षिक साधारणसभा डाकिएको छ । नेपाल लाइफ गत आर्थिक वर्षको साधारणसभा गर्ने पहिलो बीमा कम्पनी भएको छ । दोस्रो बजारमा सूचीकृत जीवन तथा निर्जीवन बीमा कम्पनीहरुमध्ये नेपाल लाइफ पहिलो हो ।
वैशाख १२ गते बसेको सञ्चालक समितिको बैठकले साधारणसभाको मिति तय गरेको हो । कम्पनीको सञ्चालक समितिले यस अगाडि नै चुक्ता पूँजीको २३.५ प्रतिशत नगद लाभांश र २५ प्रतिशत बोनस शेयर दिने घोषणा गरेको थियो । समितिको उक्त घोषणा आगामी हुने साधारणसभामा विशेष प्रस्तावको रुपमा अगाडि सारिएको छ ।

कम्पनीले चुक्ता पूँजीको २५ प्रतिशत बोनस शेयर पारित गरे सँगै चुक्ता पूँजी ५ अर्ब ४९ करोड रुपैयाँ पुग्नेछ । साधारणसभामा कम्पनीको अधिकृत पूँजी १० अर्ब रुपैयाँ पुर्याउने विशेष प्रस्ताव अगाडि सारिएको छ । हाल कम्पनीको चुक्ता पूँजी ४ अर्ब ३९ करोड रुपैयाँ रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि जेठ चार गतेसम्म बुक क्लोज गर्ने भएको छ। वैशाख १७ गतेसम्म कायम शेयरधनीहरुले ४८.५ प्रतिशत लाभांश पाउने छन् । वैशाख १८ गते विश्व मजदुर दिवस भएकोले नेपाल स्टक एक्सचेन्जमा कारोबार हुँदैन ।

आर्थिक वर्ष २०७५र७६ का लागि साविककै लेखा परीक्षक ज्ञानेन्द्र एण्ड एशोशिएट्सलाई नै पुनः नियुक्त गर्ने भएको छ । साधारणसभामा सञ्चालक समितिका अध्यक्षले गत आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गर्ने छन् । गत आर्थिक वर्षदेखि एनएफआरएस प्रणाली अनुसार वित्तीय विवरण तयार पार्नु पर्ने भएकोले कम्पनीको साभारणसभा ढिला भएको हो । जीवन बीमा कम्पनीहरुले लेखापरीक्षण तयार पारेसँगै एक्चुरियल भ्यालुएसन गर्नुपर्ने हुँदा साभारणसभा ढिला हुँदै आएको छ । बाँकी जीवन बीमा कम्पनीले पनि गत आर्थिक वर्षको साधारणसभा गर्न सकेका छैनन् । जीवन बीमा कम्पनीहरुमध्ये नेपाल लाइफ इन्स्योरेस कम्पनीको मात्रै ३६ प्रतिशत भन्दा धेरै हिस्सा रहेको छ ।

पूँजी तथा बीमा शुल्क आर्जका हिसावले सबैभन्दा अगाडि रहेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले हरेक वर्ष शेयरधनीहरुलाई बम्पर बोनस प्रदान गर्दै आएको छ । राम्रो बोनस प्रदान गरिरहेको कम्पनीको बजार मूल्य पनि अन्य कम्पनीको भन्दा राम्रो रहेको छ । जीवन बीमा कम्पनीहरुमध्ये नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बोनस दर सबैभन्दा उच्च रहेको छ। बीमा समितिका अनुसार कम्पनीको बोनस दर न्यूनतम प्रतिहजार ६५ देखि ८२ रुपैयाँसम्म रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।