logo

समीक्षा अवधिमा नेपाल लाइफ इन्स्योरेन्सद्वारा ३ अर्ब ३३ करोड रुपैयाँ बीमा शूल्क आर्जन

    1278   पटक पढिएको

२९ माघ /अर्थ र व्यापार - नेपाल लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा १० अर्ब ४७ करोड ५४ लाख रुपैयाँ खुद बीमा शूल्क आर्जन गरेको छ । समीक्षा अवधिमा ३ अर्ब ३३ करोड रुपैयाँले खुद बीमा शूल्क आर्जन बढाएको हो । 

गत वर्षको यस अवधिमा कम्पनीले ७ अर्ब १४ करोड ५४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । जीबन बीमा कम्पनीहरुमै धेरै पूँजी रहेको यस कम्पनीले पुस मसान्तसम्ममा २८ करोड ५ लाख रुपैयाँ खुद नाफा गरेको छ । यो बीमाङ्कीय मूल्याङ्कन अघिको नाफा हो । कम्पनीको यस्तो नाफा गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा ८ लाख ४६ हजार रुपैयाँले बढेको हो । गत वर्षको यसै अवधिमा २७ करोड ९६ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

यस त्रैमासम्ममा कम्पनीले पुर्नबीमा कमिशनबाट एक करोड ५१ लाख रुपैयाँ, लगानी कर्जा तथा अन्य आयबाट २ अर्ब १८ करोड ८९ लाख रुपैयाँ आर्जन गरेको छ । यस्तै बीमालेख धितोमा १० अर्ब १० करोड ९९ लाख रुपैयाँ कर्जा लगानी गरेर ४९ करोड ९४ लाख रुपैयाँ आम्दानी गरेको छ । चुक्ता पूँजी ४ अर्ब ३९ करोड रुपैयाँ रहेको कम्पनीको पुस मसान्तसम्ममा जीवन बीमा कोषमा ५६ अर्ब ७३ करोड ८३ लाख रुपैयाँ, जगेडा कोषमा ३ अर्ब ७३ करोड ६१ लाख रुपैयाँ र महाविपत्ती कोषमा ३७ करोड ११ लाख रुपैयाँ सञ्चित छ ।

गत आवको पुस मसान्तसम्ममा  कम्पनीको  चुक्ता पूँजी ३ अर्ब ९ करोड ६४ रुपैयाँ तथा जीवन बीमा कोषमा ४५ अर्ब ६३ करोड ४१ लाख रुपैयाँ, जगेडा कोषमा ५ अर्ब २ करोड ९४  लाख रुपैयाँ र महाविपत्ती कोषमा ३२ करोड ५३ लाख रुपैयाँ सञ्चित थियो । हाल कम्पनीको १२ लाख ९ हजार ७२० वटा बीमा लेखहरु कायम छन् । हालसम्म कुल ७९ अर्ब १५ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको कम्पनीले २८ हजार ४४८ दाबी वापत ५ अर्ब ४२ करोड रुपैयाँ भुक्तानी गरेको छ भने एक अर्ब ७८ करोड रुपैयाँ बराबरको दाबी भुक्तानी गर्न बाँकी छ । यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १२ रुपैयाँ ७६ पैसा, प्रतिशेयर नेटवर्थ १९३ रुपैयाँ ३८ पैसा र मूल्यआम्दानी अनुपात ८६.५२ गुणा बढी छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।