logo

समीक्षा अवधिमा नेपाल लाइफ इन्स्योरेन्सद्वारा ३ अर्ब ३३ करोड रुपैयाँ बीमा शूल्क आर्जन

    1694   पटक पढिएको

२९ माघ /अर्थ र व्यापार - नेपाल लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा १० अर्ब ४७ करोड ५४ लाख रुपैयाँ खुद बीमा शूल्क आर्जन गरेको छ । समीक्षा अवधिमा ३ अर्ब ३३ करोड रुपैयाँले खुद बीमा शूल्क आर्जन बढाएको हो । 

गत वर्षको यस अवधिमा कम्पनीले ७ अर्ब १४ करोड ५४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । जीबन बीमा कम्पनीहरुमै धेरै पूँजी रहेको यस कम्पनीले पुस मसान्तसम्ममा २८ करोड ५ लाख रुपैयाँ खुद नाफा गरेको छ । यो बीमाङ्कीय मूल्याङ्कन अघिको नाफा हो । कम्पनीको यस्तो नाफा गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा ८ लाख ४६ हजार रुपैयाँले बढेको हो । गत वर्षको यसै अवधिमा २७ करोड ९६ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

यस त्रैमासम्ममा कम्पनीले पुर्नबीमा कमिशनबाट एक करोड ५१ लाख रुपैयाँ, लगानी कर्जा तथा अन्य आयबाट २ अर्ब १८ करोड ८९ लाख रुपैयाँ आर्जन गरेको छ । यस्तै बीमालेख धितोमा १० अर्ब १० करोड ९९ लाख रुपैयाँ कर्जा लगानी गरेर ४९ करोड ९४ लाख रुपैयाँ आम्दानी गरेको छ । चुक्ता पूँजी ४ अर्ब ३९ करोड रुपैयाँ रहेको कम्पनीको पुस मसान्तसम्ममा जीवन बीमा कोषमा ५६ अर्ब ७३ करोड ८३ लाख रुपैयाँ, जगेडा कोषमा ३ अर्ब ७३ करोड ६१ लाख रुपैयाँ र महाविपत्ती कोषमा ३७ करोड ११ लाख रुपैयाँ सञ्चित छ ।

गत आवको पुस मसान्तसम्ममा  कम्पनीको  चुक्ता पूँजी ३ अर्ब ९ करोड ६४ रुपैयाँ तथा जीवन बीमा कोषमा ४५ अर्ब ६३ करोड ४१ लाख रुपैयाँ, जगेडा कोषमा ५ अर्ब २ करोड ९४  लाख रुपैयाँ र महाविपत्ती कोषमा ३२ करोड ५३ लाख रुपैयाँ सञ्चित थियो । हाल कम्पनीको १२ लाख ९ हजार ७२० वटा बीमा लेखहरु कायम छन् । हालसम्म कुल ७९ अर्ब १५ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको कम्पनीले २८ हजार ४४८ दाबी वापत ५ अर्ब ४२ करोड रुपैयाँ भुक्तानी गरेको छ भने एक अर्ब ७८ करोड रुपैयाँ बराबरको दाबी भुक्तानी गर्न बाँकी छ । यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १२ रुपैयाँ ७६ पैसा, प्रतिशेयर नेटवर्थ १९३ रुपैयाँ ३८ पैसा र मूल्यआम्दानी अनुपात ८६.५२ गुणा बढी छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।