logo

नेपाल इन्स्योरन्सको हकप्रद शेयर आजबाट बिक्री खुला

    1130   पटक पढिएको

२१ फागुन/ अर्थ र व्यापार - नेपाल इन्स्योरन्सको फागुन २१ गते मंगलरबार (आज) देखि हकप्रद शेयर बिक्री खुला गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ६५ प्रतिशत अर्थात दश बराबर ६.५ कित्ताको दरले हकप्रद निष्काशन गरेको हो ।

कम्पनीले हकप्रद निष्काशनका लागि माघ २७ गते देखि २९ गते सम्म बुकक्लोज गरेको थियो । यसअनुसार बुकक्लोजको अघिल्लो कारोबार दिन माघ २४ गते बिहीबारसम्म कायम शेयरधनीले मात्र सो हकप्रदमा आवेदन दिन पाउनेछन् । हकप्रद भर्ने अन्तिम दिन चैत २५ गते रहेको छ । इन्स्योरेन्सले हकप्रद निष्काशन गर्न बिक्री प्रबन्धकको काम ग्लोब्ल आईएमई क्यापिटलले गर्ने जनाएको छ । कम्पनीको हकप्रद शेयरले इक्रा नेपालबाट ग्रेड ४ रेटिङ्ग प्राप्त गरेको छ । जसले कम्पनीको वित्तीय अवस्था औसतभन्दा कमजोर रहेको जनाउँछ ।

इन्स्योरेन्सले धितोपत्र बोर्डबाट माघ १३ गते आइतबार चुक्ता पूँजी ६१ करोड ७६ लाख ३९ हजार रुपैयाँको ६५ प्रतिशत अर्थात (१ः०.६५ अनुपातमा) ४० करोड १४ लाख रुपैयाँ बराबरको ४० लाख १४ हजार ६५२ कित्ता हकप्रद शेयर बिक्री गर्न अनुमति पाएको थियो । हकप्रद निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी बीमा समितिले तोकेभन्दा बढी एक अर्ब एक करोड ९१ लाख रुपैयाँ पुग्नेछ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नेपाल इन्स्योरेन्सले ७ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेर वार्षिक प्रतिशेयर आम्दानी २३ रुपैयाँ ३७ कायम गरेको छ । कम्पनीको धितोपत्रको फागुन १९ गते आइतबार दोस्रो बजारमा प्रतिकित्ता ३६५ रूपैयाँमा कारोबार भएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।