logo

नेपाल इन्स्योरन्सको हकप्रद शेयर आजबाट बिक्री खुला

    1389   पटक पढिएको

२१ फागुन/ अर्थ र व्यापार - नेपाल इन्स्योरन्सको फागुन २१ गते मंगलरबार (आज) देखि हकप्रद शेयर बिक्री खुला गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ६५ प्रतिशत अर्थात दश बराबर ६.५ कित्ताको दरले हकप्रद निष्काशन गरेको हो ।

कम्पनीले हकप्रद निष्काशनका लागि माघ २७ गते देखि २९ गते सम्म बुकक्लोज गरेको थियो । यसअनुसार बुकक्लोजको अघिल्लो कारोबार दिन माघ २४ गते बिहीबारसम्म कायम शेयरधनीले मात्र सो हकप्रदमा आवेदन दिन पाउनेछन् । हकप्रद भर्ने अन्तिम दिन चैत २५ गते रहेको छ । इन्स्योरेन्सले हकप्रद निष्काशन गर्न बिक्री प्रबन्धकको काम ग्लोब्ल आईएमई क्यापिटलले गर्ने जनाएको छ । कम्पनीको हकप्रद शेयरले इक्रा नेपालबाट ग्रेड ४ रेटिङ्ग प्राप्त गरेको छ । जसले कम्पनीको वित्तीय अवस्था औसतभन्दा कमजोर रहेको जनाउँछ ।

इन्स्योरेन्सले धितोपत्र बोर्डबाट माघ १३ गते आइतबार चुक्ता पूँजी ६१ करोड ७६ लाख ३९ हजार रुपैयाँको ६५ प्रतिशत अर्थात (१ः०.६५ अनुपातमा) ४० करोड १४ लाख रुपैयाँ बराबरको ४० लाख १४ हजार ६५२ कित्ता हकप्रद शेयर बिक्री गर्न अनुमति पाएको थियो । हकप्रद निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी बीमा समितिले तोकेभन्दा बढी एक अर्ब एक करोड ९१ लाख रुपैयाँ पुग्नेछ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नेपाल इन्स्योरेन्सले ७ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेर वार्षिक प्रतिशेयर आम्दानी २३ रुपैयाँ ३७ कायम गरेको छ । कम्पनीको धितोपत्रको फागुन १९ गते आइतबार दोस्रो बजारमा प्रतिकित्ता ३६५ रूपैयाँमा कारोबार भएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।