logo

नेपाल हाइड्रो डेभलोपर लिमिटेडद्वारा वित्तिय विवरण सार्वजनिक, २ करोड १५ लाख खुद नाफा आर्जन

    1261   पटक पढिएको

२४ माघ /अर्थ र व्यापार - नेपाल हाइड्रो डेभलोपर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा घटेको वित्तीय विवरण सार्वजनिक गरेको छ । गत आवको यसै अवधिको तुलनामा हेर्दा खुद नाफा घटेको हो । कम्पनीले जगेडा कोषको आकारमा भने आकर्षक वृद्धि गर्दै एक करोड ८९ लाख बढाएको छ ।

नेपाल हाइड्रो डेभलोपरले यस अवधिमा २ करोड १५ लाख खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको तुलनामा ३.३० प्रतिशतले कम हो । गत वर्षको यसै अवधिमा कम्पनीले २ करोड २२ लाख खुद नाफा आर्जन गरेको थियो । 

यस अवधिमा २६ करोडको चुक्ता पूँजी स्थिर राखेको कम्पनीले जगेडा कोषमा १३८.१६ प्रतिशतले सुधार गरेको छ । गत वर्ष जगेडा कोषमा एक करोड ३६ लाख सञ्चित गरेको कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३ करोड २५ लाख रुपैयाँ सञ्चित गरेको छ ।

कम्पनीको विद्युत बिक्रीबाट प्राप्त हुने आम्दानी घटेसँगै कम्पनीको खुद नाफामा गिरावट देखिएको हो । गत वर्ष विद्युत बिक्री मार्फत् ६ करोड ७७ लाख आम्दानी गरेको कम्पनीले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ८५ लाख ९० हजार घटेर ५ करोड ९१ लाख रुपैयाँ मात्र आम्दानी गरेको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ११ पैसाबाट घटेर १६ रुपैयाँ ५५ पैसा कायम भएको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ ११२ रुपैयाँ ५४ पैसा र मूल्य आम्दानी अनुपात १४.९८ गुणा बढी छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।