logo

यात्रुमा कोरोना पोजेटिभ देखेपछि नेपाल एयरलाइन्सलाई चेतावनी

    2065   पटक पढिएको


१९ कात्तिक/अर्थ र व्यापार– नेपालमा कोरोना भाइरसको पीसीआर परीक्षण नेगेटिभ आएका यात्रुमा विदेशमा पोजेटिभ देखिन थालेपछि नेपालमा हुने परीक्षणको विश्वसनीयतामा प्रश्न उठेको छ ।

हङकङले कोभिड संक्रमित ल्याएको भन्दै नेपाल एयरलाइन्सलाई दोस्रोपटक प्रतिवन्ध लगाएको छ । भने दुबई र नारिता विमानस्थलबाट समेत चेतावनी सहित प्रोटोकलको सूची आएको छ ।

नेपालबाट नेपाल एयरलाइन्सले उडान गर्ने गन्तब्यमा पछिल्लो ७२ घण्टायताको नेगेटिभ पीसीआर रिर्पोट भएमा यात्रा गर्न सकिने प्रावधान छ । तर, त्यसरी रिपोर्ट बोकेर गन्तब्यमा पुगेका यात्रुमा पुनः परीक्षण गर्दा कोरोना संक्रमण देखिएको हो । 

नेपाल एयरलाइन्सकी प्रवक्ता करिश्मा श्रेष्ठले पछिल्ला केही दिनयता हङकङ, दुबई, नारिता (जापान)लगायत गन्तब्यमा नेपालबाट पीसीआर नेगेटिभ रिपोर्ट लिएर गएका यात्रुमा समेत सम्बन्धित गन्तब्यमा पुगेपछि पोजेटिभ देखिएको बताईन् । 

प्रवक्ता श्रेष्ठले कोरोना भाइरसविरुद्ध सरोकारवाला निकायले तयार पारेका प्रोटोकलको कार्यान्वयनका लागि कुनै कसुर बाँकी नराखेको बताईन् ।

एयरलाइन्सले नेपालका सरकारबाट मान्यता प्राप्त स्वास्थ्य प्रयोगशालालाई समेत सचेत हुन आग्रह गर्दै यसले मुलुककै स्वास्थ्य परीक्षणमा प्रश्न उठ्ने चेतावनी समेत दिएको छ । 

एयरलाइन्सले त्रिभुवन विमानस्थलबाट जहाज चढ्दा पीसीआर नेगेटिभ भएको रिपोर्ट बुझाएर उडेका यात्रुमा गन्तब्यमा पुगेपछि पोजेटिभ देखिए त्यसको जिम्मेवारी नलिने उल्लेख गरेको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।