logo

नेको इन्स्योरेन्सद्वारा २५ करोड १५ लाख रुपैयाँ नाफा आर्जन

    1137   पटक पढिएको

३१ बैशाख /अर्थ र व्यापार- नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले तेस्रो त्रैमासमा २५ करोड १५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको सोहिअवधिको तुलनाभन्दा १९ दशमलव ५९ प्रतिशतले वृद्धि गरेको हो । गत वर्षको सोहि अवधिमा नाफा २१ करोड ३ लाख रुपैयाँ आर्जन गरेको थियो । १ अर्ब १७ करोड ६२ लाख रुपैयाँ चुक्ता पुँजी भएको नेकोले जगेडाकोषमा ५५ करोड ३२ लाख रुपैयाँ, बीमा कोषमा ६६ करोड ९१ लाख रुपैयाँ र महा विपत्ति कोषमा ६ करोड ३० लाख रुपैयाँ राखेको छ ।

नेको इन्स्योरेन्सले कुल बीमा शुल्क १ अर्ब ४१ करोड ५८ लाख रुपैयाँ आर्जन गरेको छ ।  कुल दावी भुक्तानी भने ६२ करोड ७० लाख रुपैयाँ पुगेको छ । यस कम्पनीको जारी बीमा लेख संख्या २ लाख ४ हजार १०३ वटा रहेको छ भने कुल दाबी भुक्तानी संख्या ३ हजार ४२२ वटा रहेको छ । भुक्तानी हुन बाँकी दाबी ३४ करोड २० लाख रुपैयाँ बराबरको भएको छ । भुक्तानी हुन बाँकी दाबी संख्या १ हजार ३ सय ४८ वटा रहेको छ ।

नेको इन्स्योरेन्सको प्रति शेयर आम्दानी वार्षिक २८ दशमलव ५२ रुपैयाँ, मुल्य आम्दानी अनुपात १८ दशमलव २४ गुणा, प्रति शेयर नेटवर्थ २०९ दशमलव २९ रुपैयाँ र प्रति शेयर कुल सम्पत्ति मूल्य ३४२ दशमलव ८८ रुपैयाँ रहेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।