logo

नेको इन्स्योरेन्सको नाफा ६५ प्रतिशतले वृद्धि

    1543   पटक पढिएको


४ मंसिर/अर्थ र व्यापार– गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको पहिलो त्रैमासमा नेको इन्स्योरेन्स कम्पनीको नाफा ६५ प्रतिशत वृद्धि भएको छ । 

गत आवको पहिलो त्रैमासमा कम्पनीले रू. ७ करोड ५३ लाख ५३ हजार नाफा आर्जन गरेकोमा चालू आवको पहिलो त्रैमासमा वृद्धि भएर रू. १२ करोड ४४ लाख ५८ हजार पुगेको छ ।

कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ३१ करोडभन्दा बढी रहेको छ ।  चालू आवको पहिलो त्रैमासमा कम्पनीको जगेडा कोषमा रू. ५८ करोड ४ लाख सञ्चित छ भने बीमा कोषमा रू. ८९ करोड ३९ लाख जम्मा भएको छ ।

चालू आवको पहिलो त्रैमासमा कम्पनीले रू. ६८ लाख १७ हजार बीमाशुल्क आर्जन गरेको छ । सो अवधिमा कम्पनीले १ हजार ५६६ जनालाई रू. २० करोड ३९ लाख दाबी भुक्तानी गरेको छ भने २ हजार ४६९ जनालाई रू. ६६ करोड ६६ लाख दाबी भुक्तानी गर्न बाँकी रहेको छ । 

कम्पनीको प्रतिशेयर आम्दानी रू. ३७.७९(वार्षिक), मूल्य आम्दानी अनुपात २०.९३ र प्रतिशेयर नेटवर्थ रू. २१८.४० रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।