logo

आउँदो साताबाट निगमको काठमाडौं–हङकङ उडान नियमित हुने, ४८ घण्टे पीसीआर रिपोर्ट प्रभावकारी

    1679   पटक पढिएको


१० पुस/अर्थ र व्यापार– नेपाल वायुसेवा निगमको काठमाडौं–हङकङ उडान आउँदो सातादेखि नियमित हुने भएको छ ।

निगमले ४८ घण्टाको पीसीआर रिपोर्टलाई मान्यता दिइएसँगै यो प्रभावकारी पनि देखिएको हो । यसपटक निगमको काठमाडौं–हङकङ उडानमा एक जना यात्रुको मात्र परिक्षण रिपोर्ट कैफियत देखिएको थियो ।

निगमकी प्रवक्ता करिश्मा श्रेष्ठले ४८ घण्टाको पिसीआर रिपोर्टलाई मान्यता दिएसंगै एक जना यात्रुको रिपोर्टमा मात्र कैफियत देखिएको बताईन । उनले हङकङ एयरपोर्टले आउँदो साताको उडानमा प्रतिबन्ध नलगाएको बताइन।

काठमाडौंबाट ७२ घण्टाको रिपोर्टका आधारमा हङकङ गएका यात्रुको कोभिड–१९ परीक्षण रिपोर्ट जाँच गर्दा चार पटकसम्म कैफियत देखिएपछि निगमलाई हङकङ उडानमा पटक पटक प्रतिबन्ध गर्दै आएको थियो ।

हङकङ एयरपोर्टले चौथो पटक निगमलाई दुई साताका लागि उडानमा प्रतिबन्ध लगाएपछि गत सोमबार निगमले वाइडबडीमार्फत काठमाडौं–हङकङ उडान गरेको थियो । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।