logo

एनसेलको लाभांश लैजान सर्वोच्चले खोलिदियो बाटो

    1411   पटक पढिएको

 

 

१० पुस / अर्थ र व्यापार - सर्वोच्च अदालतले एनसेलको लाभांश विदेश लैजाने कानुनी बाटो खोलिदिएको छ । कानुनी दायित्व पूरा गरेको  कम्पनीको लाभांश रोक्नु संवैधानिक प्रावधान विपरीत हुने भन्दै उक्त कार्यमा बाधा नगर्न सर्वोच्चले ठूला करदाता कार्यालय तथा राष्ट्र बैङ्कका नाममा अन्तरिम आदेश जारी गरेको हो । लाभकर विवाद देखाउँदै ठूला करदाता कार्यालयको पत्राचारमा राष्ट्र बैङ्कले लाभांश लैजान रोक लगाएको थियो । 

रेनोल्ड्स होल्डिङ र एनसेल प्रालिको रिटमा सुनुवाइ गर्दै न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलासले आइतबार लाभांश लैजाने कानुनी बाटो खोलिदिएको हो । लाभकरको दायित्व आफूमा नरहेको र लाभांश लैजान पाउनुपर्ने मागसहित पुस २ गते रेनोल्ड्स र एनसेलका तर्फबाट फरक फरक निवेदन सर्वोच्चमा दर्ता भएका थिए । 

संयुक्त इजलासले ठूला करदाता कार्यालयले ०७४ जेठ २१ गते गरिएको पत्राचारबाट कम्पनीले कानुनी दायित्व पूरा गरेको देखिएकाले लाभकर लैजान रोक्नुपर्ने कुनै कारण नभएको ठहर गरेको छ । अदालतले सम्पत्तिबाट व्यावसायिक लाभकर हासिल गर्ने हक संविधानको धारा २५(१) सुरक्षित गरेको अवस्थामा लाभांश रोक्नु उपयुक्त नहुने समेत आदेशमा उल्लेख छ । न्यायाधीशद्वय मिश्र र चालिसेको संयुक्त इजलासले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन ०४९ को दफा ५ (२) तथा विदेशी विनिमय ऐनले विदेशी लगानीको लाभ नेपाल बाहिर लैजान पाउने हक सुनिश्चित गरेको तथा कम्पनीले कानुनी 

दायित्व पूरा गरेको अवस्थामा लाभांश लैजान रोक्न नमिल्ने ठहर समेत गरेको छ । अदालते संयुक्त इजलासको आदेशमा भनिएको छ ‘निवेदक एनसेल कम्पनीले आफ्नो कानुनी दायित्व पूरा गरेको भन्ने विपक्षी ठूला करदाता कार्यालयको मिति २०७४र२ र ११ को पत्रबाट देखिरहेको अवस्थामा शेयरधनीहरूले प्राप्त गर्ने लाभांश रकम लिन वञ्चित गरिँदा कम्पनी ऐन २०६३ को दफा १८२(१) मा लाभांश दिने निर्णय भएको ४५ दिनभित्र सेयर लाभांश वितरण गरिसक्नुपर्ने भन्ने सोही दफाको उपदफा ३ मा उक्त लाभांश वितरण नगरेमा तोकिएको ब्याज समेत थप गरी वितरण गर्नुपर्ने व्यवस्था रहेकाले निवेदक कम्पनीका शेयरधनीहरूले पाउने लाभांश वितरणमा रोक लगाउँदा कम्पनीलाई अपूरणीय क्षति पुग्ने समेत देखिँदा सुविधा सन्तुलनको दृष्टिबाट विपक्षी ठूला करदाता कार्यालयको च.न. ९७९७ र ९७९८ मिति २०७४ र ३र२६ को पत्र र सो पत्रहरूको आधारमा विपक्षी नेपाल राष्ट्र बैङ्कको विदेशी विनिमय व्यवस्थापन विभागले जारी गरी मिति २०७४र३र२६ को परिपत्रअनुसार लाभांश फिर्ता लैजाने कार्यमा अवरोध खडा नगर्नु नगराउनु भनी विपक्षीहरूका नाउँमा यस अदालतको एकल इजलासबाट मिति २०७४र९र३ मा जारी भएको अन्तरिम आदेशलाई निरन्तरता प्रदान गरिदिएको छ । ’

 

संयुक्त इजलासले लाभकर विवादको छिनोफानो पूर्ण इजलासबाट हुनुपर्ने रायसहित रिटलाई पूर्ण इजलासमा पेस गरे पनि एनसेलको कानुनी दायित्व पूरा भइसकेको आदेशमा स्पष्ट लेखेको छ । यस्तै आदेशमा बाँकी लाभकर असुलउपर टेलियाबाटै हुने ठूला कदाता कार्यालयको पत्राचारलाई स्मरण गराएको छ । घुमाउरो सन्दर्भमा पूर्ण इजलासमा पेस गरेको विवादमा पनि अन्तरिम आदेशमै संयुक्त इजलासले धारणा बनाएको छ । 

अदालतले बाँकी लाभकर असुलीका लागि टेलिया सोनेरबाट लिनुपर्ने दायित्व रहेकोले उक्त विषयमा परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक पहल भइसकेको अवस्थामा एनसेलको कानुनी दायित्व नरहेको स्पष्ट पारेको छ । ठूला करदाता कार्यालयले अदालतमा पठाएको जवाफअनुसार रेनोल्ड्स होल्डिङ्स र एनसेल प्रालिबाट कर असुल उपर गर्नुपर्ने नदेखिएको अदालतका ठहर छ । 

अदालतले लाभकर विवादका सन्दर्भमा पनि लिखित जवाफ परेपछि वा पर्ने समय सकिएपछि दश दिनभित्र विवाद पूर्ण इजलासमा पेस गर्न समय तोकेको छ । इजलासले एनसेल खरिदबिक्रीको लाभकर निर्धारण23Y सम्बन्धमा उठेको विवादको निरूपण पूर्ण इजलासबाट गर्नुपर्ने रायसहित रिट पूर्ण इजलासमा पेस गर्न आदेश दिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।