logo

एनसीसी बैंकको नयाँ शाखा काठमाडौंको नारायणटारमा खुल्यो

    1857   पटक पढिएको


११ फागुन / अर्थ र व्यापार - काठमाडौं– नेपाल क्रेडिट एण्ड कमर्स बैंकले काठमाडौंको नारयणटारमा नयाँ शाखा विस्तार गरेको छ । गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले सो शाखाको उद्घाटन गरेका हुन् । 

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख चालिसेले यस क्षेत्रमा अन्य बैंकहरुको पनि उपस्थिचि रहेको र एनसीसी बैंकले प्रतिस्पर्धी रुपमा सहज र गुणस्तरीय सेवा पुर्याउन आग्रह गर्दै सफलताको शुभकामना व्यक्त गरे । उक्त अवरसमा सोही नगरपालिकाका वडा नंं ५, ६ र ७ का वडाध्यक्षहरु क्रमशः नारायण सुवेदी, रमेश अर्याल र केशव गुरुङ्गले एनसीसी बैंकले यस क्षेत्रको समग्र आर्थिक गतिविधिलाई बैंकिङ्ग प्रणालीमा समावेश गर्दै सेवा पु¥र्याउन सफल हुने भन्दै शुभकामना व्यक्त गरेका थिए ।  

कार्यक्रममा लायन्स क्लबका प्रतिनिधिहरु अनन्तप्रसाद भेटवाल र कुमार सुवेदी एवम् चामुण्डा माध्यमिक विद्यालयका प्राचार्य यादवप्रसाद पौडेलले समेत शुभकामना व्यक्त गरेका थिए ।  सोही अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत  रमेशराज अर्यालले आफू पनि यसै क्षेत्रको वासिन्दा भएको र जनप्रतिनिधिहरुवाट समेत सहयोगको अपेक्षासहित यस क्षेत्रमा स्थापित शाखाको पहिचान बनाउने कुरामा आफू विश्वस्त रहेको विचार  व्यक्त गरेका थिए । कार्यक्रमका अध्यक्ष एवं एनसीसी बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेले यस क्षेत्रका जनप्रतिनिधिहरुको सहयोग र शुभेच्छा व्यक्त गरे अनुरुप यो शाखा बैंकका शाखाहरु ध्ये १ नं शाखाका रुपमा स्थापित हुने कुरामा थप हौसला मिलेको विचार व्यक्त गरेका थिए । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।