logo

नेशनल लाइफ इन्स्योरेन्सद्वारा बार्षिक साधारणसभा आह्वान

    1685   पटक पढिएको

२३ फागुन/ अर्थ र व्यापार - नेशनल लाइफ इन्स्योरेन्सले चैत १५ गते ३०औं बार्षिक साधारणसभा डाकेको छ । कम्पनीको बुधबार बसेको संचालक समितिको बैंठकले आर्थिक वर्ष २०७३र७४ को नाफाबाट १३.५ प्रतिशत बोनस शेयर प्रादान गर्ने घोषणा गरेको छ । कम्पनीले यसअघि चुक्ता पूँजी एक अर्ब ३२ करोड रुपैयाँको ६० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको थियो । हकप्रद शेयरपछि हालको चुक्ता पूँजी दुई अर्ब ६४ करोड रुपैयाँ रहेको छ । यसै पूँजीमा अघिल्लो आर्थिक वर्षको नाफाबाट लाभांस दिदा कम्पनीको चुक्ता पूँजी तीन अर्ब रुपैयाँ कायम हुनेछ । 

कम्पनीले अझै गत आर्थिक वर्षको वार्षिक साधारणसभा गर्न बाँकी छ । एनएफआरएस प्रणाली अनुसार वित्तीय विवरण तयार पार्नु पर्ने तथा एक्चुरियल भ्यालुएसन गर्न ढिला हुने भएकाले बीमा कम्पनीहरुले समयमा वार्षिक साधारणसभा गर्न सकेका छैनन् । कम्पनीले कर प्रयोजनार्थ एक करोड ८८ लाख रुपैयाँ नगद लाभांस घोषणा गरेको छ । कम्पनीले हकप्रद र बोनस शेयरपछि चुक्ता पूँजी बढेसँगै आफ्नो नियमावलीमा अधिकृत पूँजी ४ अर्ब रुपैयाँ पर्याउने विशेष प्रस्ताव गरेको छ । 

कम्पनीको संस्थापक शेयरधनीहरुमा नेपालीहरुको ५२.८५ प्रतिशत रहेको छ भने विदेशीको २.१५ प्रतिशत रहेको छ। विदेशी संस्थापक शेयरधनीहरुको स्वामित्व १० प्रतिशतबाट २.१५ प्रतिशतमा खुम्चिए सँगै ’क’ र ’ख’ वर्गका संस्थापकलाई हटाउने भएको छ । यसँगै ’ख’ वर्गका संस्थापकको प्रतिनिधित्वलाई पनि हटाएर ’क’ तर्फ रहने व्यवस्था गर्ने भएको छ । कम्पनीले साधारणसभा प्रयोजनार्थ चैत १ गतेदेखि फागुन १५ गतेसम्म बुक क्लोज गर्ने भएको छ । फागुन ३० गतेसम्म कायम शेयरधनीहरुले बोनस शेयर पाउने छन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।