logo

नेशनल लाइफ इन्स्योरेन्सद्वारा बार्षिक साधारणसभा आह्वान

    1310   पटक पढिएको

२३ फागुन/ अर्थ र व्यापार - नेशनल लाइफ इन्स्योरेन्सले चैत १५ गते ३०औं बार्षिक साधारणसभा डाकेको छ । कम्पनीको बुधबार बसेको संचालक समितिको बैंठकले आर्थिक वर्ष २०७३र७४ को नाफाबाट १३.५ प्रतिशत बोनस शेयर प्रादान गर्ने घोषणा गरेको छ । कम्पनीले यसअघि चुक्ता पूँजी एक अर्ब ३२ करोड रुपैयाँको ६० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको थियो । हकप्रद शेयरपछि हालको चुक्ता पूँजी दुई अर्ब ६४ करोड रुपैयाँ रहेको छ । यसै पूँजीमा अघिल्लो आर्थिक वर्षको नाफाबाट लाभांस दिदा कम्पनीको चुक्ता पूँजी तीन अर्ब रुपैयाँ कायम हुनेछ । 

कम्पनीले अझै गत आर्थिक वर्षको वार्षिक साधारणसभा गर्न बाँकी छ । एनएफआरएस प्रणाली अनुसार वित्तीय विवरण तयार पार्नु पर्ने तथा एक्चुरियल भ्यालुएसन गर्न ढिला हुने भएकाले बीमा कम्पनीहरुले समयमा वार्षिक साधारणसभा गर्न सकेका छैनन् । कम्पनीले कर प्रयोजनार्थ एक करोड ८८ लाख रुपैयाँ नगद लाभांस घोषणा गरेको छ । कम्पनीले हकप्रद र बोनस शेयरपछि चुक्ता पूँजी बढेसँगै आफ्नो नियमावलीमा अधिकृत पूँजी ४ अर्ब रुपैयाँ पर्याउने विशेष प्रस्ताव गरेको छ । 

कम्पनीको संस्थापक शेयरधनीहरुमा नेपालीहरुको ५२.८५ प्रतिशत रहेको छ भने विदेशीको २.१५ प्रतिशत रहेको छ। विदेशी संस्थापक शेयरधनीहरुको स्वामित्व १० प्रतिशतबाट २.१५ प्रतिशतमा खुम्चिए सँगै ’क’ र ’ख’ वर्गका संस्थापकलाई हटाउने भएको छ । यसँगै ’ख’ वर्गका संस्थापकको प्रतिनिधित्वलाई पनि हटाएर ’क’ तर्फ रहने व्यवस्था गर्ने भएको छ । कम्पनीले साधारणसभा प्रयोजनार्थ चैत १ गतेदेखि फागुन १५ गतेसम्म बुक क्लोज गर्ने भएको छ । फागुन ३० गतेसम्म कायम शेयरधनीहरुले बोनस शेयर पाउने छन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।