logo

नागरिक उड्डयन प्राधिकरण अब दुई स्वायत्त निकाय हुने

    1903   पटक पढिएको

 

१८ पुस / अर्थ र व्यापार - काठमाडौँ– मुुलुकको हवाई सेवा क्षेत्र व्यवस्थापनको जिम्मेवारी पाएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई अब दुई स्वायत्त निकाय बनाइने भएको छ ।  वायुयान सञ्चालन नियमनकारी निकायका रुपमा रहेको हालको क्यानलाई नियमन गर्ने र पूर्वाधार विकास गर्ने छुट्टै निकाय बनाउने तयारी भएको छ ।

क्यानको यही पुस १६ गते सम्पन्न १९औँ वार्षिकोत्सवका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले क्यानलाई थप व्यावसायिक र प्रभावकारी नियामक निकायका रुपमा अघि बढाउन भिन्न स्वायत्त निकाय बनाउन लागिएको जानकारी दिएका थिए  । उन्नाइस वर्षअघि स्थापित क्यानले प्राधिकरण ऐन, २०५३ बमोजिम राज्यद्वारा प्रदत्त उडान र हवाई सुरक्षा, उड्डयन सञ्चार, परिवहन–निगरानी तथा विमानस्थल पूर्वाधार विकास, विस्तारका साथै जहाज परिवहन सेवा सञ्चालनको जिम्मेवारी बहन गर्दै आएको छ ।

“क्यानको संस्थागत व्यवसायीकरण र नियमनमा सुधार गर्ने कुरा पहिलादेखि उठेको विषय हो । अन्तर्रा्ष्ट्रिय नागरिक उड्डयन संगठन ९आइकाओको नीति र सिद्वान्तअनुसार नियमन गर्ने संस्थालाई थप व्यावसायिक र प्रभावकारी बनाउन खोजिएको हो, यसले थप व्यावसायिक, दक्ष जनशक्ति र उच्च प्रविधिमैत्री बनाउन सहयोग पुग्छ,” उनले भने । 

सचिव न्यौपानेका अनुसार क्यानलाई नयाँ विमानस्थल बनाउने र स्तरोन्नति गर्ने काम प्रभावकारी बनाउन केन्द्रित गर्ने छुट्टै संस्था बनाइने र वायुसेवा कम्पनीलाई प्रभावकारी अनुगमन र नियमन गर्ने अर्को संस्था बनाइने कार्यलाई पूर्णता दिनैपर्नेछ । क्यान कर्मचारी ट्रेड युनियनका प्रतिनिधि श्रवणकुमार यादवले क्यानलाई फुटाएर संस्था समाप्त गर्न खोजिएको हो कि भन्ने गुनासो सार्वजनिक कार्यक्रममै गरेपछि जवाफमा सचिव न्यौपानेले आइकाओको मापदण्डअनुसार काम अघि बढाउनैपर्ने भएकाले कर्मचारीको हितलाई ध्यानमा राखी संस्थालाई व्यावसायिक बनाउने उद्देश्यका साथ यसको विधेयक प्रक्रियालाई चाँडो अघि बढाउन क्यान पदाधिकारीलाई आग्रह  गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।